हेटौंडा कपडा उद्योग \
यो अकिञ्चन हेटौंडामै हुर्क्यो,
बढ्यो र अब वृद्धत्वतिर लम्किरहेछ। अकिञ्चनकै अगाडी हेटौंडा कपडा उद्योग स्थापना
भयो। उद्योग २०३८ सालबाट दुई सिफ्ट र २०३९ सालबाट ३ सिफ्टमा सञ्चालन हुन थालेको
थियो । ३ सिफ्टमा पूर्णसञ्चालनमा आएको उद्योगछले वार्षिक कोरा कपडा १ सय १० लाख
मिटर, २ सय ५०
मेट्रिकटन सुती कपडा र सोही परिमाणमा बुट्टेदार र सेतो कपडा उत्पादन गथ्र्याे ।
उद्योगले
उत्पादन गर्ने कपडा राम्रो र गुणस्तरीय हुनाका कारण लोकप्रिय थियो । उद्योग
राजनीतिक दलका कार्यकर्ताको भर्तीस्थल बन्दै गएपछि बन्द हुन पुगेको हो । राजनीतिक
पहुँचका आधारमा बढी कर्मचारी भर्ती गरिनु र भर्ती भएका कार्यकर्ता काम छाडेर
राजनीतिक आन्दोलनमा होमिनुले उद्योग बन्द हुने अवस्थामा पुग्यो ।
स्थापनाको
१९ वर्ष घाटामा नगएको उद्योगमा २०५४ सालबाट भएको कर्मचारी आन्दोलन, राजनीतिक आस्थाका आधारमा
व्यवस्थापक नियुक्ति र हस्तक्षेपले उग्र रूप लिन थालेपछि आर्थिक समस्या शुरु हुन
थाल्यो । चालू पुँजी जुटाउन बैंकबाट ऋण लिनुपर्ने स्थितिमा उद्योग पुग्यो र घाटामा
गयो । निरन्तर घाटामा गएर उद्योग चल्नै नसक्ने अवस्था आएपछि २०५७ माघ १८ गते
मन्त्रिपरिषद् निर्णयले कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिई उद्योग बन्द गर्ने
निर्णय गरेको थियो ।
No comments:
Post a Comment