शासक यस्तो
हुनुपर्छ \
ऋग्वेदले
राजालाई राष्ट्रको स्थायी गोठालो मानेको छ। अरू त चुनिएर आउँछन्, जान्छन्। ती स्थायी होइनन्। ‘ध्रुवा धौध्रुवा पृथिवी ध्रुवासः, पर्वता इमे। ध्रुवं विश्वमिदं जगद् ध्रुवो राजा विशामयम्।’
(ऋग्वेद) (अर्थ: आकाश, पृथ्वी, पहाड र संसार जस्तो जनताका लागि राजा स्थिर रहून।) स्थिर भनेको
नबोल्ने, कर्तव्यच्युत र शवतुल्य भनेको होइन। ‘जनस्य गोपा अजनिष्ट
जागृविः’ भनिएको छ, ऋग्वेदमा।
यसको अर्थ हो, ‘तिमी जनताका जागरुक गोठाला भएर
जन्म्यौ।’
चीनका प्रसिद्ध दार्शनिक कन्फ्युसियसको आश्रममा राजाका
छोराहरू आवासीय विद्यार्थी बनेर पढ्न बसेका थिए।
गुरुले
राजनीति, न्याय, युद्धकलालगायत कैयन् विषय पढाउँथे। दीक्षान्त समारोहको
केही दिनपहिले चेलाहरूलाई कन्फ्युसियसले सोधे-कुनै जिज्ञासा बाँकी छ भने मलाई सोध।
एकजना प्रतिभाशाली युवराजले प्रश्न गरे-’गुरु हामीलाई सहज अवस्थामा राज्य चलाउने
ज्ञान त दिनुभयो तर कुनै बखतमा राष्ट्र जर्जर एवं दरिद्र भएमा सैनिकलाई तलब दिन
नसक्दा हतियार फ्याँकेर उनीहरू पनि भाग्न सक्छन्। स्वार्थपूर्तिका लागि शत्रुका
कित्तामा गएर मिल्न सक्छन्। नातागोता र कर्मचारीले पनि धोका दिन सक्छन्। राष्ट्र
टाट पल्टिन सक्छ। त्यस्तो बेलामा राष्ट्रको रक्षा कसरी गर्ने गुरु?’
गुरु
बोले-राम्रो प्रश्न। त्यस्तो स्थिति कुनै पनि बखत आउन सक्छ। जंगी, निजामती, गुप्तचर, प्रहरी सबैले धोका दिए पनि राजा र प्रजाबीचको विश्वास, प्रेम, भरोसा छ
भने राष्ट्र असफल हुँदैन। निर्जीव हुँदैन। जनता (प्रजा) जुरुक्क उठ्छन् र शत्रुलाई
लखेट्न थाल्छन्। शत्रु दुई खालका हुन्छन्, स्वदेशी
र विदेशी। स्वदेशी शत्रु ती हुन्, जो
स्वदेशको हित चिताउँदैनन् अरूका दास बन्छन्।
राष्ट्र
हाँक्नेले शत्रु र मित्र दुवै चिन्नुपर्छ। राष्ट्रहितैषीको रक्षा गर्नुपर्छ।
राजाले राष्ट्र बचाउन अनेक यत्न गर्नुपर्छ। राज्यसंयन्त्रले धोका दिए पनि राजा र
प्रजाबीच प्रेम, विश्वास र भरोसा छ भने ती
प्रजा (जनता) जीवितै रहेछन् भन्ने ठान्नुपर्छ। ज्युँदा जनताले घरेलु हतियारले नै
शत्रुलाई ठेगान लगाउँछन्। कन्दमुल खाएर भए पनि प्राणको रक्षा गर्छन्। तर शासक र
शासितबीच विश्वास नै भएन भने त्यो राष्ट्रलाई बचाउन सकिँदैन। असल र योग्यलाई
राजाले चिन्तामुक्त राख्नुपर्छ।
प्रश्नोत्तर
रोचक थियो। गुरुले सम्झाए-राजा (शासक) जनताको हितैषी हुन्छ। शोभा (रूप), ऐश्वर्य, ज्ञान, प्रेम भएको दूरदर्शी, समदर्शी
हुन्छ। राष्ट्रका यावत असल कुराको रक्षा गर्छ। सबै योग्य नागरिक राजाका मित्र हुन्
तर खराब मानिसले पनि प्रशंसा गरेमा राजाको पतन हुन सक्छ। सम्राट अकबर ज्ञानी,
No comments:
Post a Comment