लोकतन्त्र-चिन्तन \
बेलायती दार्शनिक एन्थोनी ग्रेलिङले आफ्नो पुस्तक ‘डेमोक्रेसी एन्ड
इट्स क्राइसिस’ (सन् २०१७) मा बेलायती र अमेरिकी लोकतन्त्रमा संकटबारे मननयोग्य
आलोचना गरेका छन् । त्यस्तै, समकालीन
अमेरिकी दार्शनिक माइकल स्यान्डेलले आफ्नो पुस्तक ‘ह्वाट मनी क्यान्ट बाई : द मोरल
लिमिट्स अफ मार्केट्स’ (सन् २०१३) मा बजार–सोच मानव जीवनका सबै क्षेत्रमा प्रवेश
गरेको छ जसमा नैतिकता छैन भन्ने तर्क गरेका छन् ।
प्लेटोका अनुसार, मानिसहरू जानकार हुँदैनन्, अदूरदर्शी र
स्वार्थी हुन्छन् । समाजमा पूर्वाग्रह र विचारको द्वन्द्व हुन्छ । यस्तो जानकारी
नभएका नागरिकहरू भएको अवस्थामा निर्वाचनमार्फत अभिजात वर्गका हातमा परेको
अख्तियारी अराजकतामा परिणत हुन्छ । त्यसैले, प्लेटोले
भनेका थिए, पुनरुत्थानका रूपमा जनता तानाशाह चाहन्छन्
ग्रेलिङले राजनीतिक दर्शनका माध्यमबाट बेलायतमा चार्ल्स प्रथमको
निरंकुश राजतन्त्रको पराजय (सन् १६४२), ओलिभर क्रमबेलको नेतृत्वमा बेलायती
गणतन्त्रको उदय–पतन र राजतन्त्रको पुनःस्थापनादेखि ब्रेक्सिट (सन् २०१५) सम्मका
छलफल शृंखलासहित जोन लक, जेम्स म्याडिसन र जोन मिलमार्फत भीडतन्त्रले
संसद्लाई कसरी कमजोर बनायो भनी व्याख्या गरेका छन् ।
संसारभर लोकतन्त्रमा क्षयका लागि
राजनीतिक दलहरू जिम्मेवार छन् भन्ने ग्रेलिङको निष्कर्ष छ । उनका अनुसार, निर्वाचित जनप्रतिनिधिहरू संसद्मा
आफ्नो विवेकबिना सधैं पार्टी लाइनबमोजिम मतदान गर्न बाध्य छन् । दलका नेताहरूले सत्तामा रहनका लागि ब्ल्याकमेल, बुलिङ, घूसखोरीजस्ता युक्तिहरू प्रयोग
गर्छन् । ब्ल्याकमेल, बुलिङ,
घूसखोरी
कानुन बेलायती संसद्मा लागू हुँदैन । बेलायत सरल बहुमत निर्वाचन (फस्ट–पास्ट–द पोस्ट) प्रणालीमा आधारित भएकाले पार्टीनेता र जनताको चाहनाले बारम्बार मेल खाँदैन । फलस्वरूप बेलायतमा प्रायः अल्पमतको सरकार बन्दै आएको छ ।
ग्रेलिङ
भन्छन्- चुनावी राजनीतिमा पैसाले बेलायती र अमेरिकी लोकतन्त्रलाई ध्वस्त पारेको छ । राजनीति भनेको हल्ला, प्रचार र असत्यको खेल बनिसकेको छ । लोकतन्त्रमा झुटा प्रतिज्ञा, सामाजिक सञ्जालमार्फत वाक्पटुता, चतुर्याइँ (स्पिन) र अतिरञ्जित प्रचार (प्रोपगान्डा) लाई हतियार
बनाइन्छ । साइबर युगमा एल्गोरिदम, गुगल प्रोफाइलिङ, निर्वाचनको समयमा साइबर सुरक्षा र
ह्याकिङ लोकतन्त्रका लागि खतरनाक प्रवृत्ति हुन् भन्छन् ग्रेलिङ । उनी सोध्छन्- के साइबर युगमा लोकतन्त्र टिक्छ ? यसको सट्टामा चिट्ठा (लटरी) प्रणालीलाई किन स्वीकार नगर्ने ? अर्थात्,
प्रत्येक
निर्वाचन क्षेत्रका जनताले आफू स्थानीय, क्षेत्रीय र राष्ट्रिय संसद्को सदस्य बन्न चिट्ठा छान्छन्, जुन पैसाले पुरिने चुनावभन्दा पनि
उचित हुन्छ । ग्रेलिङका आलोचकहरू भन्छन्- निराशहरूले देश कसरी चलाइन्छ भन्ने कुरामा ‘चतुर’ मानिसहरूले अरूभन्दा बढी बोल्नुपर्छ
भन्ने पुरानो विचारलाई पुनर्जीवित गरेका छन् ।
स्याण्डेल प्रश्न गर्छन्- के हामी त्यस्तो समाज चाहन्छौं जहाँ सबै थोक बिक्रीमा हुन्छन् ? वा,
त्यहाँ केही
नैतिक र नागरिक वस्तुहरू छन् जसलाई बजारले सम्मान गर्दैन र पैसाले किन्न सकिँदैन । इराक युद्धमा अमेरिकाका तर्फबाट अमेरिकीभन्दा बढी निजी सैनिकहरू लडिरहेका थिए । युद्ध लड्न भाडामा मान्छे ल्याउने, नाफाका लागि जेलहरूमा कैदीहरूलाई
आउटसोर्सिङ गर्ने,
विश्वविद्यालयहरूमा
भर्ना लिलामी गर्ने ? के संसारमा केही गलत छैन, जहाँ सबै थोक बिक्रीका लागि मात्र
छन् ? यदि त्यसो हो भने, हामी कसरी बजार मूल्यहरूलाई
जीवनसम्म पुग्नबाट रोक्न सक्छौं जहाँ तिनीहरू सम्बन्धित छैनन् ? बजारको नैतिक सीमा के हो ? लोकतान्त्रिक समाजमा बजारको उचित
भूमिका के हो अनि हामी कसरी नैतिक र नागरिक वस्तुहरूको रक्षा गर्न सक्छौं, जुन बजारले गर्दैन ?
उनको
निष्कर्ष छ- पैसाले इज्जत किन्न सकिँदैन, सबैले पैसाका लागि मात्र काम गर्दैनन्, कसैले इज्जत किन्न सक्दैन । यसमा सहमत नहुने विरलै होलान् । निष्ठावान् राजनीतिक दल र नेताहरूको लोकतान्त्रिक समाज कसरी स्थापना गर्ने ?
मानवतावादमा आधारित लोकतन्त्र यी
सबै खराबीको अन्तिम उपाय हो । जनतालाई एकअर्काप्रति समानुभूति दिने लोकतन्त्रको अवधारणा सिक्नु–सिकाउनु आवश्यक छ, तर यो सजिलो काम होइन । यसका लागि साहसी र विचारवान् नेतृत्व चाहिन्छ ।
No comments:
Post a Comment