Pages

Tuesday, September 6, 2022

 

तेत्तीश कोटी देउता        \

 

धेरै-धेरै बर्षपहिले, उहिले-उहिल्यै हो। गोरखपुर पुगेका थियौं। त्यहाँ गीता प्रेसमा पसेर धेरै ग्रन्थहरू ल्याएका थियौं। फुर्सद हुनासाथ अध्ययन गरियो।

तर, यहाँ देखिरहेछौं, व्यापक तवरमा सबैले तेत्तीस करोड देवता भनिरहेका छन्। हामीले अध्ययन गर्दा तेत्तीस करोड हैन, तेत्तीस किसीमका देवता छन्। १२आदित्य छन्, +८ वसु छन्, +११ रुद्र छन्, र +२अश्विनी कुमार गरेर जम्मा ३३ किसीमका देवता छ्न्।

(संस्कृत शब्दकोषमा कोटी = किसीम तथा कोटी = करोड उल्लेख छ।)

१२ आदित्य:- अंशुमान, अर्यमन, इन्द्र, त्वष्टा, धातु, पर्जन्य, पूषा,भग, मित्र, वरुण, विवस्वान र विष्णु।

८ वसु:- आप, ध्रुव, सोम, धर, अनिल, अनल, प्रत्यूष, प्रभाष।

११ रुद्र:- शम्भु, पिनाकी, गिरीश, स्थाणु, भर्ग, भव, सदाशिव, शिव, हर, शर्व, कपाली।

२ अश्विनी कुमार:- नासत्य र द्स्त्र।

 

No comments:

Post a Comment