बलिउड कलाकारका दुर्दान्त \
भारतका प्रख्यात गीतकार अभिलाषले लामो समयको अस्व`स्थता
पछि आइतबार मुम्बईमा संसार छाडे । उनी फोक्सो`को क्यान्स`रसँग
जुधिरहेका थिए नै विगत १० महिनादेखि आर्थिक संकटमा पनि थिए । उनलाई दर्शक तथा
श्रोताले ‘इतनी शक्ति हमें देना दाता’ गीतबाट चिन्छन् ।
त्यसो त अभिलाषभन्दा अघि पनि धेरै कलाकारहरुले आर्थिक
रुपले कं`गाल भएरै जीव|न
त्यागे । एक समय यी कलाकारको नाम र दाम दुबै थियो । तर मृ त्युको समयमा उनीहरु
आर्थिक रुपमा विपन्न बने ।
अभिनेता महेश आनन्दले फिल्म ‘शहंशाह’,
‘मजबूर’, ‘स्वर्ग’,
‘थानेदार’, ‘विश्वात्मा’,
‘गुमराह’, ‘खुद्दार’,
‘बेताज बादशाह’, ‘विजेता’
र ‘कुरुक्षेत्र’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनी सन् २०१९ को फेब्रुअरी ९ मा
आफ्नो घरमा मृ त भेटिएका थिए । महेशलाई लामो समयदेखि कुनै पनि फिल्मबाट काम मिलि`रहेको
थिएन । त्यही कारण उनी डिप्रे सनमा थिए । आर्थिक संक`टकै
कारण उनी एक्लै बस्दथे ।
‘पाकिजा’ जस्तो फिल्ममा अभिनय गरेकी
गीता कपूरको नि धन सन् २०१८ मे २६ मा भएको थियो । गीताको अन्तिम समय निकै क`ष्टकर
बितेको थियो । उनका सन्तानले पनि उनको हेरचाह गरेका थिएनन । गीताको कोरियोग्राफर
छोरा उनलाई अस्प`ताल`मा
छोडेर भागेका थिए । अशोक पण्डित र अन्य बलिउड अभिनेताहरुले गीताको उ`पचार
खर्च उठाइरहेका थिए ।
सन् १९६७ मा रिलिज सुनिल दत्त स्टारर फिल्म ‘हमराज’बाट
बलिउडमा डेब्यू गरेकी विमी रातारात स्टार बनिन् । फिल्मको गीत हिट भए । फिल्मको
सफलताले विमीलाई करिब १० वटा फिल्ममा काम गर्ने मौका मिल्यो । तर मदिरा`को लत,
बढ्दो ऋण र खराब पारिवारिक जीवनले विमीको करियरलाई
बिगार्यो । स्टार बनेको १० वर्ष पछि उनको मृ त्यु भयो । भनिन्छ,
उनको श वलाई एक चियावालाको ठेलामा राखेर आर्य`घाट
पुर्याइएको थियो ।
हिन्दी फिल्म जगतमा रहीम चाचाका नामले परिचित अभिनेता ए
के हंगलको सन् २०१२ अगष्ट २६ मा निधन भयो । उनी यस्ता अभिनेता हुन्,
जसले ५० वर्षको उमेरमा बलिउडमा डेब्यू गरेका थिए । उनले
७० देखि ९० दशकको अधिकांश फिल्ममा पिता या अभिनेता अभिनेत्रीको नजिकको आफन्तको
भूमिकामा अभिनय गरे ।
उनी घरमा मृ त भेटिएका थिए । उनले जीवनका अन्तिम क्षण
यति कष्टपूर्ण थियो कि उनी एक क्षत`विक्षत घरमा
बस्दथे । उनको छोराले पिताको उप`चार गर्न
खर्च अभाव भएको बताएपछि अमिताभ बच्चनले २० लाख रुपैंयाँ दिएका थिए ।
प्रख्यात अभिनेता भारत भूषणले आफ्नो करियरमा ‘कालिदास’,
‘तानसेन’, ‘कबीर’,
‘बैजू बावरा’ र ‘मिर्जा गालिब’ जस्ता एकसे एक हिट
फिल्ममा अभिनय गरे । तर जीवनका अन्तिम क्षण भने उनका लागि पी`डादायी
नै रह्यो । उनको सन् १९९२ जनवरी २७ मा निध`न भयो ।
भारतले आफ्नो दाजुको भनाई`लाई अनुसार गर्दै ‘वसन्त बहार’ र
‘बरसात की रात’ जस्ता फिल्म बनाएर रातारात पैसा कमाए ।
उनका भाई रमेशले फिल्म बनाउन उक्साएपछि भाइको भनाईलाई
माने पनि उनले बनाएका सबै फिल्म फ्लप भए । उनी ऋणमा डुबे र जसोतसो तिरे । उनले जति
कमाएका थिए, सबै ऋण तिरेरै सके । उनको घर,
गाडी सबै बिक्री भए । सबै बेच्दा पनि दुःखी नभएका उनले
एकदिन घरको पुस्तकालयको पुस्तक रद्दीको भाउमा बेच्नुपर्दा उनी वि`क्षिप्त
भए ।
अभिनेता तथा निर्देशक भगवान दादा फिल्म ‘अलबेला’को गीत
‘शोला जो भड्के’का लागि निकै लोकप्रिय भए । सन् १९१९ मा एक टेक्सटाइल मिल मजदुरको
परिवारमा जन्मिएका भगवानलाई शुरुदेखि नै अभिनयको भोक थियो । उनले फिल्म
‘क्रिमिनल’बाट बलिउडमा पाइला चाले । कुनै समयमा बलिउडका महानायक अमिताभ
बच्चनलगायका स्टारहरुसँग अभि`नय गरिसकेका
यी अभिनेताको करियर एकप`टक झरेपछि कहिल्यै चढ्न सकेन ।
आर्थिक समस्या`बाट मुक्ति
पाउन उनले सानो भूमिकादेखि लिएर हरेक भूमिकामा अभि|नय
गरे । एकसमय उनको जुहुबीच अगाडि २५ कोठे बंगला थियो । उनीसँग सात गाडी थिए । तर
आर्थिक संक`ट परेपछि उनले सबै बेचेर दुई कोठा
लिएर बस्न थाले । उनको निध`न सन् २००२ फेब्रुअरी ४ मा भयो ।
ओपी नयरले संगीतको माध्यमबाट बलिउडलाई एकपछि अर्को हिट
गीत दिए । उनको जन्म लाहोरमा भएको थियो । उनले आफ्नो करियरको शुरुवात फिल्म
‘कनीज’बाट गरे । उनले फिल्मको पाश्र्वसंगीत दिए । उनले संगीतकारका रुपमा फिल्म
‘आसमान’बाट करिय`र शुरु गरे । उनलाई कसैले
अन्तरवार्ताको लागि प्रस्ताव गर्दा उनी म`दिरा र पैसा
माग्ने गर्दथे । उनको सन् २००७ मा निधन भयो ।
फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा सिमरन अर्थात
काजोलको हजुरआमाको भूमिकामा अभिनय गर्ने अचला सचदेवको जन्म सन् १९२० मा पेशावारमा
भएको थियो । सन् २०१२ मा उनको एक्लोपनका कारण अस्प`तालमा
निध`न भयो । सन् २००२ मा उनका पति
क्लिफर्ड डगलस पीटर्सको निध`न भएको थियो
। पतिको नि|धनपछि उनी पूणेमा पुना क्लबसँगै
कोणार्क एस्टेट अपार्टमेन्टको दुई कोठे फ्ल्याटमा एक्लै बस्थिइन् ।
अन्तरा मालीका पिता र प्रख्यात फोटोग्राफर जगदीश माली
जीवनका अन्तिम समयमा मुम्बईको सडकमा भीख माग्दथे । उनलाई मिंक बरार नामको मोडल`ले
चिनिन्, उनले खाना खुवाइन् र सलमान खानको
गाडी`बाट घर पुर्याइन् ।
No comments:
Post a Comment