जनताका माँग \
१ छिमेकी मुलुकका बासिन्दाले सरहको मूल्य तिरेर मलाई आफ्नै देशमा खाद्यान्न, लत्ताकपडा, सवारीसाधन, इन्धन, इलेक्ट्रिक र
इलेक्ट्रोनिक सामान, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने के योजना छ ? सय पचास रुपैयाँ जोगाउन
सीमापारि गएर र कहिले त प्रहरीको आँखाकान छलेर दैनिक उपभोग्य सामान ल्याउनपर्ने
मेरो बाध्यताको अन्त्य गर्न के योजना छ ? ध्यान प्रहरी वा भन्सारको निगरानी बढाएर
त्यसरी ल्याइने सामानलाई नियन्त्रण गर्नतिर जाने हो कि नेपालपट्टि पनि सुपथ
मूल्यमा सामान पाइने वातावरण सिर्जना गर्नतिर ?
२ म आफ्ना बच्चालाई नेपालकै सरकारी विद्यालयमा पढाउन चाहन्छु, बिरामी पर्दा सरकारी
अस्पतालमा स्वास्थ सेवा लिन चाहन्छु। अँ, भन्न खोजेको गुणस्तरीय विद्यालय र अस्पतालको
कुरो हो।
No comments:
Post a Comment