कुहिएका र सक्कलीहरू \
-
आनन्दराम पौडेल
नातिहरूलाइ लिएर आज हजुरबुबा घुम्न निस्के। पशुपति परिसरभित्र प्रवेश
गर्नासाथ त्यहाँ गेरुवाबस्त्रधारीहरू धेरै देखिए। तिनीहरूलाइ देखेर एउटा नातिले
सोधिहाल्यो – “सन्तहरू धेरै रहेछन्; हगि ?”
हजुरबुबाले चौतारीजस्तो ठाउँमा सबैलाइ बसाले र भन्नथाले।
हजुरबुबाले भने – “जसरी नेपालको राजनीतिक क्षेत्रमा कुहिएका, नक्कली, ढोंगी, पाखण्डी नेताहरू छन्, त्यसैगरी यो क्षेत्रमा पनि नक्कलि, ढोंगी, पाखण्डी सन्तहरू भरमार छन्। नेपालका ठूला पार्टीहरू काङ्ग्रेस, एमाले, माओवादीका सबैजसो नेताहरू भित्रभित्रै कुहिएर, सडेर, डुङ्डुङ्ति गन्हाएका छन्, त्यसैगरी यहाँपनि गन्हाएका नक्कलि सन्तहरू जताततै छन्।”
“हजुरबुबा, ती नक्कली, ढोंगी, पाखण्डी सन्तहरूको नाम भन्न
सक्नुहुन्छ ?”
“सबै त होइन, कुहिएका नक्कली सन्तहरूमध्ये केही नाम भन्छु; सुन। हजुरबुबाले ढोंगी, पाखण्डी, नक्कली सन्तहरूका नाम भन्नथाले।
(१)
सन्त रामपाल
(२)
उत्तरप्रदेश गाजिपुर रामबृक्ष यादव जस्ले मथुरा जवाहरबागमा साम्राज्य खडागरेका थिए।
(३)
स्वामि सच्चिदानन्द डिस्को बाबा
(४)
बापु आशाराम
(५)
गुरमीत रामरहीम
(६)
बापु आशाराम बापुको छोरो नारायण साई \ सुरथको सेण्ट्रल जेलमा छन्।
(७)
श्रीमद् सारथि देव उडिसा
(८)
नित्यानन्द बाबा
(९)
ओमजी महाराज
(१०) नेपालका स्वामी कृष्णदास महाराज
यी सबै नेपालका नेताहरू जस्तै ढोंगी, पाखण्डी, नक्क्कली बाबा हुन्।”
ढोंगी, पाखण्डी, नक्कली सन्तका नाम भनेर हजुरबुबा मौन
भए।
अर्को नातिले सोध्यो – “साँच्चिकैका सक्कली सन्तहरूको नाम पनि भन्नुहोस्
न हजुरबुबा।”
हजुरबुबाले भने – “साँच्चिकैका सक्कली पवित्र सन्तहरूमध्ये केहीको नाम मात्र
भन्छु; सुन।
(१)
मीरा बाई,
(२)
आदिगुरू शङ्कराचार्य,
(३)
गौराङ्ग महाप्रभु,
(४)
रामानुजाचार्य,
(५)
माधवाचार्य,
(६)
तुकाराम,
(७)
शिला प्रभुपाद,
(८)
गोस्वामी तुलसीदास,
(९)
सूरदास,
(१०)
कबीर,
(११)
शिवपुरी बाबा
(१२)
चैतन्य महाप्रभु,
(१३)
स्वामी बिबेकानन्द,
(१४)
कृपालुजी महाराज,
(१५)
तैलङ्ग स्वामी,
(१६)
रामकृष्ण परमहंस,
(१७)
गुरू नानक
(१८) नीम करोलि बाबा (नीम करौरी बाबा) / कैंचीधाम, नैनीताल।
उपरोक्त सबै पवित्र सन्तहरू हुन्।”
यति भनेर अबचाहीं हजुरबुबा पूरै मौन
भए।
No comments:
Post a Comment