Pages

Wednesday, March 27, 2019

खरिदारले एक अरब मात्रै कमाउनसके !

चावहील मुद्दा फाँटमा बसेर चिया पिउँदै आज खरिदार लक्ष्मण बस्नेत एकछिन घोत्लिए र गम्भीर भएर सोच्नथाले - "नेपालीहरु केवल अरुको डाहा, ईर्ष्या र आहारिस मात्र गर्छन्। २०-२२ बर्ष अघिसम्म सामान्य गुजारासम्म चल्ने हैसियत भएको निम्न आर्थिक अवस्थाको यो ब्यक्ति, भोजपुरबाट काठमाडौं आएपछि एक्कासि अरबपति कसरि भयो ? भनेर अजङ्गको प्रश्न बोकेर बसेका छन्। यस्को लागि के-कस्तो जुक्तिबुध्दि लगाइयो, हाकिमहरुलाइ रिझाइयो र कसरि सेटिङ मिलाइयो ? दीप बस्नेतसँग समेत् सौहार्द्र सम्बन्ध कायम राख्न सफल भएको त ती आहारिस गर्नेहरुले बुझ्नुपर्यो नि ! चावहिल, भत्केको पाटीमा ३ रोपनी जग्गा लिंदा सबैले आँखा फारेर हेरिरहेका र खासखुस गरिरहेका थिए। यो जग्गा मात्रै ३० करोड भन्दा माथिको भनेर हिसाब निकाल्दारहेछन्। त्यस्मा निर्माण भएको आलिशान महल देखेर मुर्च्छा परुँला जस्तो गर्छन्। चावहिलको नमस्ते नेपाल सहकारीमा ५ करोड लगानी गरेको पनि हिसाब निकालिसकेछन्। काठमाडौंमा अन्यत्र भएका घडेरीहरुको पनि खोजि गरिसकेका होलान् ! सक्नेले गर्छन्, नसक्नेहरु ईर्ष्या गरेर बस्छन्।"

No comments:

Post a Comment