Pages

Sunday, August 21, 2022

 


यी क्रुर अपराधीहरु जस्लाइ राज्यले 

पालिराखेको छ।               \      

-आनन्दराम पौडेल

 

डेपार्टमेण्टल स्टोरबाट ल्याएका ‘बाई वन गेट वन’ स्किमका ब्राण्डेड चक्लेट देखेर आजपनि नातिहरू हजुरबुबासँगै अल्मलिए। नातिहरू झुम्मिएका देखेर हजुरबुबाले पनि विदेशमा काम गर्दाका रोचक अनुभव सुनाए।

“हजुरबुबारोचक अनुभवहरू त भएतपाईंलाइ दुःखित बनाएको घटना पनि छ कि ?”  एउटा नातिले सोध्यो।

“हाम्रो देशमा माओवादीले हत्याहिंसाको आतङ्क मच्चाएनरसंहार गरेनिर्दोष जनता मारे१७ हजार २०० जना जनता मारेपचाशौंहजारलाइ यातना दिए। माओवादीले हिंसाहत्याको आतङ्क मच्चाएकोनिर्दोष जनता मारेकोनरसंहार गरेको पीडा छ। त्योभन्दा ठूलो पीडा अर्को थपिएको छ। ती हिंस्रक अपराधीलाइ बचाउनका लागि केही बर्षअघि नरहरि आचार्यजी अघिसर्नुभएको थियो। ती अपराधीलाइ बचाउनका लागि कानुन नै मिलाउन अहिले गोबिन्द कोईराला बन्दी (कानुनमन्त्री) अघि सर्नुभएको छ। यो ठ्याक्कै लाइबेरियाकै स्थिति छ। लाइबेरियामा अपराधीलाइ बचाउन राज्यका अगुवाहरू नै अघिसरेका छन्। यहाँका माओवादी जस्तै लाइबेरियामा नरपिचाशहरूले सृङ्खलाबद्ध क्रुर अत्याचार गरेका थिए। यहाँ अत्याचारीअपराधीलाइ बचाएजस्तै लाइबेरियामा पनि ती खुङ्खार अपराधीलाइ बचाइराखेका छन्। हाम्रो यहाँका प्रचण्ड जस्तै लाइबेरियाका महमद जवाते उर्फ जङ्गल जवा हुन्। उनी अमेरिका पुगेका थिए। प्रचण्डले जस्तै निर्मम क्रुर हिंसाहत्या गरेको भनेर अमेरिकाले मुद्दा चलायो र ३० बर्ष कैदको सजायँ दियो। हाम्रो यहाँका प्रचण्ड जस्तै लाइबेरियाको अर्को खुङ्खार एलियो खोसाया Alieu Kosiah हुन्। उनी स्विट्जरल्याण्ड पुगेकारहेछन्। ३ डिसेम्बरमा पक्राउपरे र स्विट्जरल्याण्डको क्रिमिनल कोर्टमा मुद्दा चलिरहेको छ।

नेपालमा र लाइबेरियामा खुङ्खार क्रुर अपराधीहरूलाइ बचाउनाले हिंस्रक संस्कृति ब्याप्त भएको छ। यस्को असर-प्रभाव दक्षिण कोरियामा पनि देखियो।

सन २०१९ को अन्ततिर हो, seoul ( south korea ) को युनिभर्सिटिमा जर्नालिज्म अध्ययनरत दुइजना छात्रले Messaging App Telegram मार्फत् सेक्स ब्ल्याकमेलिङ भइरहेको उजुर गरे। त्यो उजुरीको आधारमा प्रहरीले तुरुन्तै अनुसन्धान शुरु गर्यो। अनुसन्धानबाट सेक्सकार्टेल र् याकेट सञ्चालन भैराखेको पत्तालाग्यो। यस्को मुख्य नाइके २४ बर्षीय बक्सा (डाक्टर) उर्फ चो जु-बीन थियो जो सिउलनजिकैको Incheon शहरको युनिभर्सिटीमा इन्फर्मेशन एण्ड कम्युनिकेशन बिषयको छात्र थियो। चो जु-बीनले किशोरीहरूलाइ फँसाएर ब्ल्याकमेलिङ गरी सेक्सुअल धन्दामा लगाउँथ्यो। सिउल पुलिसले चो जु-बीनलाइ २५ मार्च २०२० मा पक्राउ गर्यो। चो जु-बीनले गौतम रुमको हब-च्यानेल अन्तर्गत टेलिग्राममा 'बक्सानामको ग्रुप बनाएको थियो। जस्मा ३८ ओटा च्याटरुम थिए। 'टेलिग्रामयस्तो इनक्रेप्टेड मेसेजिङ एप हो जस्को इलेक्ट्रोनिक जानकारी या सिग्नललाइ सिक्रेट कोडमा राखिएको हुन्छ र जस्लाइ डिकोड गर्न सकिंदैन। यो पूरै कमाण्ड गर्ने एडमिनको हातमा हुन्छ। Cho Ju-Bin ले सामाजिक सञ्जालहरूमार्फत् मोडलिङ रोजगारीको बिज्ञापन आव्हान गर्थ्यो। रोजगारी पाइन्छ भनेर नवयुवतीहरू र किशोरीहरूले एप्लिकेशन-फाराम भर्थे। Cho Ju-Bin ले ती नवयुवतीहरूलाइ आफ्ना अङ्गप्रत्यङ्गका फोटो पठाउनु भन्थ्यो। सेमिन्युड का फोटोहरू पठाइसकेपछि अझै न्युड फोटो पठाउन भन्थ्यो। जब पाइने आशाले नवयुवतीहरूले न्युड फोटो पठाइदिन्थे तब Cho Ju-Bin ले ब्ल्याकमेलिङ शुरु गर्थ्यो। ३८ओटा च्याटरुममध्ये केही भीआईपी रुम थिएजहाँ अति धनाढ्यहरू मात्र हुन्थे। भीआईपी रुमका ती धनाढ्यको घरमै वा सुरक्षित स्थानमा ती नवयुवतीलाइ लगिन्थ्यो र त्यहाँ सेक्सको लाइभ गरिन्थ्यो। च्याटरुमहरूमा लाइभसेक्स देखाइन्थ्यो जस्को शुल्क अलग्गै लिन्थ्यो। भीआईपीहरूकहाँ नवयुवतीलाइ लगिनेभएकोले भीआइपीसँग चर्को शुल्क लिन्थ्यो। क्रिप्टोकरेन्सिबाट भुक्तानि गर्नुपर्थ्यो। ७४ जना नवयुवतीहरूलाइ यो धन्धामा प्रयोग गरिराखेको देखियो। यस बिषयमा सिउल युनिभर्सिटीका जर्नालिज्मका दुई छात्रले उजुर गरेपछि सिउल पुलिसले चो जु-बीनलाइ २५ मार्च २०२० मा पक्राउ गरेको थियो। जे होस्प्रहरीले तदारुकताकासाथ अनुसन्धान गर्यो र तथ्यप्रमाणसहित अदालतमा मुद्दा दायर गर्यो। अदालतले पनि गएको नभेम्बरमा (२६ नभेम्बर २०२१ मा) फैसला गर्यो। Cho Ju-Bin लाइ ४० बर्ष जेलसजायँ तोकियो। त्यस्मध्ये ३० बर्ष इलेक्ट्रोनिक जञ्जिरमै राख्नसमेत् सजायँमा थपियो। यो केस बाहिर आउनासाथ ठूलो हङ्गामा नै भयो जुन Nth Room Case नामले चर्चित छ। 

यति बयान गरिसक्दा हजुरबुबाको गहभरी आँसु भरिईसकेको थियो। आँसु पुछ्दै हजुरबुबाले भन्नुभयो – “हामी त डाँडाको जुन ह्वौं। तिमीहरूको जीवनकालमा प्रचण्डहरू जस्ता खुङ्खारहरू हुने तथा तिनीहरूलाइ बचाउन नरहरि आचार्यगोबिन्द कोईराला बन्दीहरू भैरहने होभने यो मुलुक मान्छे बस्नलायक हुनेछैन।”

नेपालमा प्रचण्डका जघन्य अपराधलाइ ढाकछोप गर्न नरहरि आचार्य र गोबिन्द कोइराला बन्दी कस्सिएर लागेजस्तै मेक्सिकोमा पनि राज्यले नै अपराधीको संरक्षण गरिरहेको थियो। मेक्सिकोमा पनि प्रचण्डहरूले जस्तै खुङ्खार अपराधी ग्याङ्गले हत्या-हिंसाआतङ्क मच्चाइरहेका थिए। एउटा सुखद खबर के आइरहेछभने केही बर्षअघि  मारियम राँड्रिगेज नामकि एकजना साहसी महिला यी खुङ्खार हत्याराहरूविरुद्ध खडा भइन्। खुङ्खार अपराधीविरुद्ध मारियम राँड्रिगेजले चालेको कदमलाइ अहिले कारला कुलटानाले अभियानकै रुपमा अघि बढाइरहेकी छिन्। निकै नै आशालाग्दो सुखद समाचार के छभने उनको यो अभियानमा अहिले अनगिन्ति महिला सम्मिलित छन् जुन CNB (National Search Commision) नामबाट सञ्चालित छ।

  मेक्सिकोमा महिलाहरू जागरुक र एकजुट भएर चलाएको अभियान प्रभावकारी भएको छ। सरकारमाथि ठूलै दबावपरेको छ र यहाँका प्रचण्डजस्तै त्यहाँका अपराधीहरुको सातोपुत्लो उडेको छ। तर नेपालमा अपराधीहरुविरुद्ध कोहीपनि जागरुक भएका छैनन्। त्यसैले नरहरि आचार्य र गोबिन्द कोईराला बन्दीहरूले खुङ्खार, जघन्य अपराधीहरूलाइ जोगाउन कसरत गरिरहनेछन् र अपराधीहरूकै हालिमुहालि चलिरहनेछ।”

यति बयान गरिसक्दा हजुरबुबाको गहभरी आँसु भरिईसकेको थियो। आँसु पुछ्दै हजुरबुबाले भन्नुभयो – “हामी त डाँडाको जुन ह्वौं। तिमीहरूको जीवनकालमा प्रचण्डहरू जस्ता खुङ्खारहरू हुने तथा तिनीहरूलाइ बचाउन नरहरि आचार्यगोबिन्द कोईराला बन्दीहरू भैरहने होभने यो मुलुक मान्छे बस्नलायक हुनेछैन।”

हजुरबुबाको गला अवरुद्ध भैसकेको थियो। हजुरबुबाको पीडालाइ गहीरोसँग महसुस गर्दै नातिहरू त्यहाँबाट बिदा भए।

 

 

 

1 comment: