Pages

Monday, April 29, 2013

सुशीलदाको अन्तरङ्ग



सुशीलदाको अन्तरङ्ग
               -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com


नेका वाँकेले बैशाख ९ गते आयोजना गरेको क्षेत्रीय कार्यक्रममा भाग लिएर काठमाडौं फिरेको राती सुशिलदा एक्लै घोत्लिए। उनले सोचे, "९ गते प्रचण्डले लिफ्ट नदिएकाभए किमार्थ नेपालगञ्ज पुग्नसक्ने थिइन। नेपाली कांग्रेस कतिसम्म अव्यवस्थित पार्टी रहेछ भनेर दुनिञाले सोच्ने ठाउँ बन्यो। आखिर १०-११ दिन अघि नै वाँकेमा कार्यक्रम राखेर मलाइ खबर गरेका हुन्। केन्द्रीय सभापति जाने भएपछि टिकटको व्यवस्था गरिदिनु पर्दैन ? केन्द्रीय कार्यालयले गर्न नभ्याएकोभए वाँके जिल्ला कमिटीले गरेपनि हुन्थ्यो। मैले सोद्धा टिकटको लागि फोन गरिसकिएको छ भने। त्रिभुवन एयरपोर्टमा आएर त्यत्तिकै भौंतारिनुप-यो। सबै एयरलाइन्सको काउण्टरमा गएँ, कुनैमा पनि टिकट बुक थिएन। काउण्टर-काउण्टर सोद्धैहिंडेको प्रचण्डले देखिरहेकारहेछन्, बोलाउन पठाए। उनले त रु.३ लाख वुझाएर पूरै प्लेन चार्टर गरेका रहेछन्। 'हामीले चार्टर गरेकै प्लेनमा जाउँ' भनेर प्रस्ताव गरे। वाँकेमा कार्यक्रम ११ वजे शुरु हुने भनिएको थियो। टिकट नपाएको अवस्था र जाने हतारले गर्दा दायाँबायाँ सोच्नैसकिन, प्रचण्डको प्रस्तावलाइ तत्कालै स्वीकार गरें। मलाइ मात्रै हैन, मसँगै सुवासलाइ र निजी सचिव लक्ष्मण ढकाललाइ समेत् सिट मिलाइदिए।"  
           पलङमा बसेर सोच्दैथिए, ढाड दुखेको महसुस गरे। एकछिन कौसीतिर टहले। आरामकुर्सीमा जिउ अलि तेर्सो पारेर बसे। र पुन सोच्नथाले, "नेपालगञ्ज एयरपोर्टमा प्रचण्डको सुरक्षाका लागि भनेर १ बटालियन नै प्रहरी खटिएका र मेरो सुरक्षाको लागि भनेर ३ जना प्रहरी खटिएका रहेछन्। यो फरक-फरक सुरक्षाव्यवस्थालाइ हाम्रा कार्यकर्ताले निकै मार्क गरेछन्। मलाइ सुनाउँदै थिए। प्रचण्डलाइ बढी नै सुरक्षा-थ्रेट छ भनेर सम्झाएँ। हुनपनि उनलाइ धेरै र अजङ्गका प्रश्नहरुले लखेटिरहेछन्। द्वन्दकालका ज्यादतीहरुको सवाल छ। आफू सरकारमा आएपछि एकातिर द्वन्दकालका दमनकारी सेना र प्रहरीका अधिकृतहरुलाइ काखी च्यापेको, र अर्कोतिर भत्ता रकम लुटी लडाकुलाइ पीडा दिएको सवाल छ।  द्वन्दोत्तरकालका पक्षपातका सवाल छ। द्वन्दको औचित्य सावित गर्नुपर्ने सवाल छ। वर्गसङ्घर्ष छाडेर जातीय र साम्प्रदायिक राजनीति गर्नुपर्नाको कारण प्रष्ट्याउनु छ। सवाल त नेकाप्रति पनि नभएको ह्वैन। २०१२ सालको अधिवेशनले पारीत गरेको राजनीतिक दस्तावेज बराबर आजसम्म कुनैपनि पार्टीका दस्तावेज देखिएको छैन। तर, बहुदल आएपछि गिरिजाबाबुले विचार छाडिदिनुभयो, र सङ्गठनलाइ मात्र मजवुत बनाउनुभयो। जस्लेगर्दा पार्टीले समाजवादलाइ बिर्स्यो।"
       आरामकुर्सीमा बस्दाबस्दै पट्यार लाग्यो। कोठामा दुईपल्ट ओहोरदोहोर गरे। आरामकुर्सीमै थोरै पछाडी झुकेर बसे। र पुन सोचे, "त्यही दिन बर्दियाको आमसभामा प्रचण्डले, 'नेकपा एमाले भन्ने पार्टीको अस्तित्व नै छैन' भनिदिए। अन्तर्विरोध चर्काउन र अन्तर्विरोधमा खेल्न प्रचण्ड चौपट्टै शिपालु छन्। २ दिन अघिमात्र एमालेले सहकार्यको प्रस्ताव गरेको थियो। एमालेको प्रस्ताव आएपछि गोर्खा, रोल्पा जस्ता कांग्रेस र एमालेको स्थिति कमजोर भएको निर्वाचनक्षेत्रमा तालमेल गर्न सकिन्छकि भनेर मैलेपनि सोच्दैथिएँ। यही सहकार्यको सम्भावना वुझेर नै हुनुपर्छ, नेकालाइ राजनीतिक उँचाईमा र एमालेलाइ रसातलमा पु-याइदिए। पार्टी-पार्टी वीचको अन्तर्विरोध मात्र हैन, पार्टीभित्रैको अन्तर्विरोधमा समेत् प्रचण्डले बेस्सरी खेले। पार्टी नफुटुञ्जेल किरण र बाबुराम वीचको अन्तर्विरोधमा प्रचण्डले खेलेकै हुन्। जात-जातमा विभाजित गरेर भिडाउने खेलमा पनि प्रचण्ड धेरै हदसम्म सफल भएकै हुन्। जनतालाइ भेडा बनाए भनेर के भन्नु ? हामी प्रतिपक्षीहरु बेवकुफ भएकैले नौटङ्कीबाहेक केही गर्न नजान्ने प्रचण्डले यत्रो फाइदा उठाएका हुन्।" यो निस्कर्षमा पुगेपछि सुशिलदालाइ भित्रैदेखि सञ्चो भयो। आँखा लोलाउन थाले। नजिकैको पलङ्मा गएर पल्टिए, र भुसुक्क निदाए।
Saturday, 27 April 2013

No comments:

Post a Comment