Pages

Saturday, July 16, 2016

Agni Punja जीको खुला पत्र ।

Agni Punja जीको खुला पत्र -
क. प्रचण्डलाई अपिल:
आदरणीय क. प्रचण्ड!
अभिबादन !
कुनै बेला तपाई मेरो रोल मोडेल लाग्थ्यो | म तपाइको दलको सदस्य कहिल्यै भएन तर राष्ट्रिय मुक्ति आन्दोलन र राष्ट्रिय स्वाभिमानको लागि तपाइको पक्षमा मैले दर्जनौं लेखहरु लेखेको छु | तपाईकै पार्टीको पत्रिका "जनदिशा"मा मैले दर्जनौं लेखहरु लेखेको छु बिगतमा | यो देशको मुक्ति तपाइको नेतृत्वमा बढी सम्भव छ भन्ने लाग्थ्यो मलाई, यद्द्यापी म २०५४ सालदेखिको नेकपा एमालेकोक्रियाशील सदस्य थिएँ | म जस्ता कयौं एमाले र कांग्रेसका मित्रहरु तपाइको 'फ्यान' भए होलान् | यो सब कुरा राष्ट्रको स्वाभिमानको लागि तपाइले शिर ठाडो बनाएर देशको हितमा साहसका साथ् कदम चाल्नुहुन्छ भन्ने आशा र बिस्वासले गरिएको हो |
क. प्रचण्ड !
तपाइको एक बोलीले तपाइँकै शब्दमा कयौं जनमुक्तिसेनाहरु बलिदान हुन तयार हुन्थे | कयौं महिलाहरुले सिउदो पुछ्न तयार भए | कयौं बालबालिकाहरु टुहुरा हुन तयार भए | कयौं आमा-बाबाहरुले आफ्ना मुटुका टुक्रा छोरा-छोरीलाई सहाराबिहिन र सडक बालबालिकामा परिणत गर्न तयार भए आफु मरेर, केवल तपाइको देशभक्तिपूर्ण नेतृत्वको लागि |
भारतले नाकाँबन्दि लगायो | बहादुरीका साथ् दुइ जना नेपालका महान नेताहरु सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू र तपाइले त्यसको डटेर सामना गर्ने साहस जनतामा पैदा गर्नु भयो | झुक्दै नझुकी भारतले लगाएको अन्यायपूर्ण नाकाँबन्दिलाई कुनै उपलब्धि बिना नै अन्त्य गर्ने अवस्थामा तपाईहरुले भारतलाई पुर्याउनुभयो | तपाइको दल सहभागी भएको सरकारले इतिहासमै पहिलो पटक नेपालको विदेश सम्बन्धलाई ठिक ढंगले बहु-आयामिक बनाउनु भयो | चिन संगको १० बुंदे सम्झौतालाई यो सरकारको नौ महिने बच्चाको रुपमा जनताले लिएका छन्-जसको भ्रुण हत्या गर्ने कयौं पटक कोशिश गरियो तर तपाईहरुले (प्रचण्ड र ओली) बचाउनु भयो | चिनिया मानिस र प्राध्यापकहरुले चीनमा देंग सियाओ पिंगले सन् नब्बेको दशकमा गरेको 'रिफर्म' एण्ड 'ओपनिंग अप' को नीतिको रुपमा लिने गरिन्छ यो १० बुंदे सम्झौतालाई-जसको आधा श्रेय तपाई र तपाइको दललाई पनि जान्छ |
तर,
उदाउदै गरेको नेपालको समृदी र स्वाभिमानको गला निमोठ्ने षडयन्त्र बमोजिम नेपालको बाम गठबन्धनलाई टुटाउने खेल र खेलाडीले तपाइलाई यसपटक राम्रै संग प्रयोग गरे कमरेड ! तपाईहरुको टाउकाको मुल्य तोक्नेहरुसंगको तपाइको अबको लगनगाठोलाई हामी देशका असल नागरिकहरुले शुभकामना मात्र दिन सक्छौं | तर तपाईले जे गर्नुभयो, त्यो दुर्भाग्यपूर्ण निर्णय र कदम हो, इतिहासले यसको राम्रो मुल्यांकन गर्ने छ | म केपी सदाबहार टिक्नैपर्छ भन्ने पक्षको मानिस होइन | तर केपी कसैले नचाहेर पनि नेपाली स्वाभिमानको लिजेण्ड फिगर भैसकेका छन् | त्यसैले उनले सुरु गरेको राष्ट्रिय स्वाभिमान र समृद्दीको अभियानलाई तपाईहरुको नयाँ लगनगाठोले हत्या गर्ने प्रयास नगरोस भन्ने कुरामा गम्भीरतापुर्बक नेपाली नागरिकको हैसियतली ध्यान आकृष्ट गराउन चाहन्छु |
----अग्निपुन्ज, काठमाडौँ

No comments:

Post a Comment