Pages

Saturday, July 16, 2016

हटकेक विमर्श ।

Ananda R Paudel को स्टाटस, दुईजनाको कमेण्ट -
असार २९ गते बीबीसी नेपाली सेवासँग अन्तर्वार्तामा अमरेशकुमार सिंहले नेपाल राष्ट्रप्रति यति माया दर्शाए कि मेरो आङै सिरीङ्ग भयो । - Ananda Ram Paudel
कमेण्टहरुः
Raj Adhikari Kailashः विश्वस्त सुत्रका अनुसार रन्जित रे ले गोप्य छल्फलमा आफ्ना केटाहरुलाई अब नयाँ सरकारमा सहभागी हुन निर्देशन दिएका छन् । त्यस्का साथै अत्यन्तै रास्ट्रवादी कुरा गर्न पनि सुझाएका छन् ताकी यो सरकार भारतको निर्देशनमा बनेको भन्ने जनता ले नठानुन् । त्यसैको अभ्यास अ्म्रेशकुमार सिंहले बिबिसीसँग अन्तर्वार्तामा देखाउने कोशीश गरिसकेका छन् । अबका केही दिनमा मधेशी मोर्चाका नेताहरुबाट रास्ट्रवादी अभिव्यक्ति सुन्नुभो भने अचम्म नमान्नु होला । - Raj Adhikari Kailash
Bikram Timilsina भारत नेपालमा अस्थिरता चाहन्छ! अस्थिरतामा नेपाली नेताहरुलाई आफ्नो स्वार्थका लागि सजिलै प्रयोग गर्न सकिने उसको बुझाई हो। आजसम्म गरेको पनि त्यही हो।
पछिल्लो चरणमा तराइ-पहाडबीच उसले चाहेअनुसार द्वन्द विकास गर्न नसकेपछि अब द्वन्दको नयाँ बिउ रोप्ने दाउमा भारत देखिएको छ। अब नेपालीबीच लडाउन सकिने बिषय भनेको सङ्घियता हो भन्ने उसको निष्कर्ष बुझिन्छ। अमरेश सिंहको मुखबाट त्यो बिषयले अहिले नेपाली राजनीतिको मूलधार तरङ्गित भएको छ।
उनले बिबिसी अन्तरवार्तामा 'परस्थिती'ले अब नेपालमा 'नरम तानाशाह' आउन सक्ने आँकलन पनि गरेका छन्। हो भारतको चाहना नै त्यही हो। त्यस्तै नरम तानाशाहले मात्र भारतको हीत गर्न सक्छ र तानाशाहको उदयसङ्गै नेपाली अझै बढी विभाजित हुन सक्छन् भन्ने भारतको बुझाई हो। यसअघि पूर्वप्रधानन्यायाधिशलाई सरकार प्रमुख बनाइएको (जुन भारतको डिजाइनमा भएको थियो) जस्तै 'परस्थिती'ले 'नरम तानाशाह' आउनसक्ने भन्ने अमरेशको भनाइले पनि यो भारतको रुची हो भन्ने बुझ्न गाह्रो पर्दैन।
ओली सरकारको बहिर्गमन त्यतैतिरको यात्राको प्रस्थान विन्दु हो। प्रचन्ड र देउबा भारतको रहरकै खोलोमा बग्नेमा कुनै शंका रहेन। माओवादी र काङ्ग्रेससँगको द्वन्द र प्रतिसोधका कारणले नचाही-नचाही ओलीका कदम पनि अप्रत्यक्षरुपमा भारतकै लाइनलाई सहयोग पुग्ने गरी अघि बढ्ने देखिन्छ।
अर्थात्, अब अघिका दिन झनै असहज, अस्थिर र अप्रिय हुने देखियो।

No comments:

Post a Comment