क्लेप्टोक्रेसी \
भ्रष्टाचार
राष्ट्रिय संस्कार बनिसक्दा सबैतिर आक्रोश हुँदा पनि सडक भने क्लेप्टोक्रेसीसामु
मौन छ। चिच्याउँदैनन्।
एकजना वा
एकजनाभन्दा बढी भ्रष्टहरूले मुलुकको स्रोत आफू, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समूह, दल वा गुटको निम्ति वैधानिक भ्रष्टाचार गरी फाइदा उठाउने राज्य
पद्धतिलाई क्लेप्टोक्रेसी भनिन्छ। क्लेप्टोक्रेसीले राज्य ढुकुटी र स्रोत आफूखुसी
फाइदा हुने आर्थिक नीति, कानुन र
ट्याक्स नीति बनाँउछ। जनसेवा, सुविधा
भित्रभित्र बेचीखाई दुरुस्त पार्छ। तर, झुटो
प्रतिवेदन तयारसमेत गरेर सञ्चालित हुनेगर्छ। क्लेप्टोक्रेसीमा संस्थाको वैधानिक
शक्ति या सकिन्छ या त व्यक्तिकेद्रित हुन्छ।
क्लेप्टोक्रेसी
सत्तासँग कानुन, जेल, प्रहरी, कालाकोटे र
खैराकोटे जर्नेल मात्र हुँदैनन्, संविधानका
पुस्तक र सरकार मात्र हुँदैन, विषयलाई
अन्यत्र मोडेर भीड बनेको जनताको मस्तिष्कमा भुस भरिदिने कला पनि हुन्छ। कृत्रिम
आतङ्कको बबण्डर मच्चाएर कुथ्थुर पार्न सक्ने खुबी हुन्छ। हिजोका क्रान्तिकारीलाई
खसी पार्ने सनासो हुन्छ। आफ्नै इतिहासलाई बिष्टयाउदै बास्नाका भजनकर्ता लेखनदास
जन्माइन्छन्। कैयौँ बुख्याचा ठिंग उभ्याएर चौथोअंगको गौरववोधलाई चुत्थो अंग बनाएर
अगाडि सार्न सक्छ। औकात भुलेका कार्यपालिका, व्यवस्थापिका
र न्यायपालिकाको सिन्डिकेटको सेयर होल्डर बनेर म्याराथन दौडमा सँगै सामेल हुन्छन्।
आस र त्रासका कलाविहीन नाटक गर्छन्। चरम भ्रष्टाचार कुशासन, दिमागी व्यवस्थापन गरी ठूला मुद्दालाई बहसबिना सामान्य
उत्तेजनात्मक विषय बनाएर छताछुल्ल पार्दै सचेत जनतालाई भीडमा फेर्नु उसको बाध्यता
हो।
क्लेप्टोक्रेसीले
आलोचनात्मक चेत राख्ने र आदर्शलाई आन्दोलनमा फेर्नेलाई बिप्लवी ठान्छ। जसले
प्रतिरोधी आवाज उठाउँछ, ऊविरोधी
ठहरिन्छ। चेतना र कलम हुकुममा हाँकिने फरमान इस् भनिदिने आतङ्ककारी बन्छन्।
सहमतिमा हिम्मत र विमतिमा विवेक भएकाले मात्र क्रान्ति उत्तर हैन आफैँ प्रश्न हो
भन्ने चिच्याहटको नैतिक पुँजी राख्छन्। जनता लम्पट बने मात्र क्लेप्टोक्रेसी सत्ता
रहन्छ।
No comments:
Post a Comment