Pages

Monday, July 11, 2016

साउथब्लकको षडयन्त्र ।

नारायणमान विजुक्छेले भन्नुभयो,  "२०६३ सालको कुरो हो । ४० लाख भारतीयलाइ सजिलै नेपाली नागरिकता प्रदान गर्ने घोषित लक्षका साथ नेपालको नागरिकता ऐनलाइ फङ्लाङ्फुङ्लुङ् पारेर रछान बनाईंदै थियो। शेरबहादुर देउवाजी शुरुमा यस्को विरुध्द थिए। लामै समयसम्म यस्तो राष्ट्रघात गर्नुहँदैन भनेर अडान राख्ने देउवाजी त पछि चुपचाप समर्थनमा देखिए। एक्कासि के भयो ? भनेर मैले देउवाजीलाइ सोधें । देउवाजीले भन्नुभयो,  'भारतीय राजदूतले टेलिफोन गर्नथाल्यो । भेट्न आयो र,  नारायणमान विजुक्छेबाहेक सबैजना यस्को पक्षमा छन् । तपाईं मात्र किन विरुध्दमा ?'  भन्यो । उस्ले यो भनेपछि यसो वुझेको त नभन्दै सबकासब नागरिकता ऐनलाइ भत्काएरै भारतीयलाइ नागरिकता दिने पक्षमा रहेछन् । भएजति सबै उता मिलिसकेपछि म एउटा के अचाडु बन्नु ! भनेर सोचें; र भारतीयलाइ नागरिकता दिने भनेर जान्दाजान्दै पनि सहमति गरिदिएँ '  भन्नुभयो देउवाजीले ।"
Ananda R Paudel 

No comments:

Post a Comment