Pages

Saturday, July 29, 2017

स्थानीय निर्वाचनमा एमाले भित्रका अन्तर्घात।

नानीसम्वाद

-आनन्दराम पौडेल

“स्थानीय तहको निर्वाचनको नतिजामा एमालेले अरु सबैलाइ उछिनेको देखिएपनि पार्टीभित्रै अन्तर्घातलगायत विकृतिका सृङ्खलाहरु पनि कम रहेनछन् त ?” हेटौंडा, नवलपुरकी नानीले कौतुहल राखिन्।

“हो अन्तर्घातलगायत विकृतिहरु डङ्गुर देखिए। भित्र नअटेर होला, बाहिरै आए। बाहिरै आए भन्दैमा सबै पत्याइहाल्न पनि मिल्दैन। कति त सत्यापन हुनै बाँकि पनि छ। अन्तर्घात र विकृतिका 'लिडीङ केस' हरुमध्ये उदाहरणका लागि भन्नुपर्दा, विराटनगर महानगरको मेयर पदका उम्मेदवार विनोद ढकाललाइ हराउन एमाले पार्टीकै केन्द्रीय सदस्य जीवन घिमिरे, पूर्व जिल्लाअध्यक्ष महेश रेग्मी, अखिलका केन्द्रीय सचिव वसिम आलमलगायत पार्टीभित्रकै अर्को गुट भित्रभित्रै सकृय भएर लागेको छ्याङ्गै देखिएको थियो। मेचीनगर नगरपालिकामा एमाले केन्द्रीय सदस्य तथा सांसद रविन कोइरालाले, अप्रत्यक्ष तवरले आफ्नै पार्टीका उम्मेदवारलाइ हराउन भूमिका खेलेको आरोप छ।“

“अन्तर्घातसँगै अहङ्कार र दम्भका कारणले पनि नतिजामा ठूलै असर परेको पाइएको छ। शेरधन राईहरुका अहङ्कार र दम्भकै मात्र कारणले गर्दा भोजपुरमा तथा वाजुराका नेताहरुकै अहङ्कार र दम्भका कारणले गर्दा वाजुरामा एमालेको अप्रत्यासित पराजय भएको सबैले आँकलन गरेका छन्। त्यसो त, २०७० को निर्वाचनदेखि नै मकवानपुरमा एमालेको क्रमशः क्षति हुँदैगएको कारण पनि मकवानपुर जिल्लाकै एमाले अगुवाहरुको अहङ्कार र दम्भ हो भन्नेहरु पनि प्रसस्त छन्। भन्नेहरुले त, ‘२०७० सालको सम्विधानसभा निर्वाचनमा अणराज जर्घा मगरको पराजयको प्रमुख कारण कृष्ण दाहालको असहयोग पनि हो’ भनेतापनि सत्यापन हुन बाँकि नै छ। मकवानपुर एमाले नेताहरुको अहङ्कार र दम्भदेखि तर्सेर भीमसेन महत काङ्ग्रेसतिर गएको अहिले चर्चा,परिचर्चा छ।”

“पार्टीका जिल्लानेताहरुका अहङ्कार र गुटगत अन्तर्घातबाहेक टिकट वितरणलाइ धन आर्जनको माध्यम बनाएका घटनाहरु पनि देखिए। मोरङ, सुनसरीमा रुपनारायण श्रेष्ठ र भीम आचार्य तथा उदयपुरमा जगन्नाथ खतिवडाहरुले टिकट वितरणलाइ धन उपार्जनको माध्यम बनाएको आरोप छ।” नन्दरामले बेलिविस्तार लगाए।

“यी अन्तर्घातीहरुलाइ कार्यवाही त होला नि ?” नानीले सोधिन्।

“कार्यवाही हुने सम्भावना न्युन छ। एक त यो नेपाल राष्ट्र नै भारत र पश्चिमाहरुबाट पालितपोषित लेण्डुपेहरु तथा अपराधीहरुको मुठ्ठीमा पुगिसकेको छ। उनीहरुकै दबदबा छ। सज्जनहरुको लागि कहीं, कत्ति स्थान छैन। यी अन्तर्घातीहरु एकजुट हुनेछन् र नेतृत्वलाइ उल्टै धम्क्याउने छन्; यो सुनिश्चित छ।” नन्दरामले प्रोजेक्शन गरे।

यसभन्दा बढी नानीले सुन्नसकिनन्। शोकसन्तप्त भावमा “देश त डुबिसकेछ” भन्दै हिंडिन्।

हेटौंडा-११, नवलपुर। paudelanandaram@gmail.com

No comments:

Post a Comment