Pages

Thursday, March 23, 2023

 माओवादी                    \   


जनताले माओवादीहरूसँग यो प्रश्न सोधिरहाँदारहेछन् तर यो प्रश्नदेखि माओवादी भाग्दोरहेछ। 

भारतीय पुर्वराजदूत रञ्जित रे ले नेपाललाई भुटानी मोडलमा लैजान ढिला भयो भनि 'द काठमाण्डु डिलेमा' भन्ने किताब लेख्छन् अनि त्यो किताब मिति २०७८/०७/८ गते सोल्टी होटलमा प्रचण्डले बिमोचन गर्छन् र भोलिपल्ट त्यही बिषयको अन्तर्कृयामा समेत् भाग लिन्छन् ! के दशबर्षे युद्ध नेपाललाई भूटानी मोडलमा लैजानकै लागि थियो ?  माओवादी शान्तीप्रकृयामा आउनासाथ नागरिकता बितरणलाई नै प्राथमिकतामा राखेर पहिलो सर्त किन बनायो ? नागरिकता ऐनलाइ फ्याङ्लाङफुङ्लुङ पारी २०६३ मंसीर १० गते भारतीयहरूलाइ सहज हुनेगरी नया कानुन बनाएर बितरण गरेका नागरिकतामध्ये खुद भारतीयहरु ४० लाखले नागरिकता लिएको होकि होईन ?  अनि जालझेल गरी २०८० मा संशोधन गरेको तिनैका सन्तानलाई बंशजको नागरिकता दिन होकि होईन ? "नागरिकता सम्बन्धमा राष्ट्रिय आयोग बनाउ, पाउनपर्ने नेपालीलाई नागरिकता देउ र नपाउनुपर्नेहरुले पाएको खारेज गर" भनि जनताले निरन्तर आवाज उठाइरहेछन् तर जनताको यो मागलाइ माओवादीले किन सधैं पन्छाइरहन्छ ?  किन गर्दैन ?  प्रदेश बनाउँदा तराईका २२ जिल्लालाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेश प्रदेश र बाँकी पहाडलाई जातीयताको आधारमा १३ प्रदेश किन माग गरेको ? त्यो सम्भव नभएपछि लुम्बिनी प्रदेशलाई पहाडबाट अलग गराउन किन खोजेको ?  माओबादी पार्टीकै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्शल राख्नेगरी मन्त्रीपरिषदबाट निर्णय किन गरेको ? पछि सर्वोच्चले खारेज गरेको होकि होईन ?  ८२% हिन्दुसनातनी भएको नेपालको 'हिन्दु-राष्ट्र' किन फालेको ?  के त्योभन्दा पहिला कुनै विवाद थियो ?  यो मुलुकमा बिद्यमान सामाजिक एवं साम्प्रदायिक सदभाव र धार्मिक सहिष्णुता किन खल्बल्याएको ?  नेपालको चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा बदल्न किन खोजेको ?  राष्ट्रिय पोशाक र चिन्हहरु, धर्मसंस्कृति र परम्परामाथि किन सौदावाजि गरेको ?  नेपाल देशको नाम बदल्न किन खोजेको ?  राष्ट्र निर्माता पृथ्बीनारायणका  शालिकहरू किन तोडेको ?  राष्ट्रिय एकता दिवस खारेज किन गराएको ?  माओकै नाममा गठन भएको पार्टीले माओकै घनिष्ट मित्र महेन्द्रलाई सत्तोसराप किन गरेको ? माओ र महेन्द्र मिलेर नेपालको जग बलियो बनाएको थाहा छ कि छैन ? दश बर्ष हिंसात्मक आतङ्क मच्चाइरहँदा संस्कृत किताब किन जलाएको ? यस्ता सयौं प्रश्नहरु छन् । तपाईंमा पुर्खाको लिगेसी छ, नेपाली रगत छ र नेपाली आत्मा छभने छातिमा हातराखेर भन्नुहोस् अब हाम्रो भन्ने के बाँकी छ ?  सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता बाँकी छ ?  उद्योग कलकारखाना बाँकी छ ?  नदिनालाहरु हाम्रो अधिनमा छन् ? 

- Hem Shankar Giri 





माओवादीका अत्याचार \

डोटी । कुनैबेला तरकारी, फलफूल, मह, च्युरी र केराका लागि प्रसिद्ध यो बोगटान फुड्सिल गाउँपालिका-६, को ‘लासा’ गाउँ अचेल भने रित्तो छ । गाउँ नै रित्तिनुको पछाडि भने एक दर्दनाक घटना कारक छ । मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेका बेला तत्कालीन विद्रोही नेकपा माओवादीले यस गाउँका एकजना व्यक्तिको हत्या गरेछि सबै गाउँले डरले घर नै छाडेर हिँडे । ‘जम्मा १८ घर परिवार थिए, सवै बिनाडी परिवार नै हुन् । १८ परिवारमध्ये पाँच परिवारको दोघरी (तराईमा पनि घर भएका) थियो भने बाँकी १३ परिवार त्यही गाउँमा बस्थे, त्यो घटना भइसकेपछि सबै डराएर गाउँ छोडे’, गाउँनजिकै मट्घरमा दोकान गर्दै आएका कविराज बिनाडी भन्छन् । ‘रोजगारी भएका र शिक्षितहरुले त तराईतिर घर बनाइसकेका थिए, तर आर्थिक अवस्था कमजोर भएर कतै जानै नसक्ने परिवार पनि त्यो घटनापछि डराएर गाउँ छोड्न बाध्य भए’, उनी सुनाउँछन् । गाउँ छोड्नेमध्ये एक परिवारले त गाडी भाडासमेत नहुँदा डोकोमा आफ्ना भाँडाकुँडा बोकेर पैदलै कैलालीको जोशीपुर पुगेको उनी सम्झिन्छन् । मटघरमा अर्को घर भएकाले आफूहरू यता सरेको उनले बताए । उनी आफ्नो बुबाले २०२८ सालमै त्यो गाउँमा काउली फलाएको बताउँछन् । कविराजले भने ‘यो क्षेत्रमै पहिलो पटक काउली फलाउने हाम्रो गाउँ पहिलो हो रे । बुबा (चन्द्रदेव बिनाडी) ले त्यतिबेलै काउली फलाएपछि उक्त गाउँ तरकारीका लागि प्रसिद्ध भएको हो । अचेल कतैकतै आँप, च्युरी र ओखरका बोटमात्रै भेटिन्छ ।’ के थियो घटना ? लासाका देवराज विनाडीका तीन भाइ छोरामध्ये जेठा छोरा यज्ञराज विनाडी वयस्क अवस्थाका थिए । २२ वर्षीय यज्ञराज स्थानीय विद्यालयको पढाइ सकेर उच्च माध्यमिक शिक्षाका लागि कैलालीको जोशीपुरमा रहेको रघुनाथ क्याम्पसमा भर्ना भए । उनी कक्षा ११ को परीक्षा दिएर भेटघाट गर्ने भन्दै घर आए । हक्की स्वाभावका यज्ञराज स्थानीय विकास निर्माणमा पनि चासो राख्थे । उनी गाउँ विकास समितिका योजनाबारे बुझिरहन्थे । द्वन्द्वका कारण पढाइ पनि प्रभावित भइरहने भएकाले केही समय घरमै बसे र सामाजिक कार्यमा संलग्न भए । गाउँमा अलि टाठोबाठो उनको यो बानी मन नपराउने माओवादीले उनीमाथि निगरानी बढायो । कक्षा १२ मा भर्ना हुनुपर्ने र पढाइ पनि सुरू हुने भएपछि २०६० असोज १८ गते दशैं मनाएर उनी असोज ३० गते कैलालीका लागि हिँडे । माओवादीले बीच बाटोमै नियन्त्रणमा लियो । ‘त्यतिबेला सडक बनिसकेको थिएन, कैलाली जान दिपायलसम्म पैदल गएर त्यहाँबाट बसमा जानुपर्थ्यो’, एक स्थानीय भन्छन् ‘अल्लेबन भन्ने ठाउँबाट समातेर हलाल गर्दै मारेछन् ।’ ‘लास नठाउनू, जसले लास छुन्छ, उसको पनि यस्तै हाल हुन्छ’ भनेपछि गाउँमा झन् त्रास बढ्यो। घटनाको बेला आफू सानै भएको बताउने कविराजले यज्ञराजको मृत्यु दर्दनाक भएको सुनेका छन् । ‘पहिले खुकुरीले आधा घाँटी काटेको रहेछ, त्यसपछि घिसार्दै तल लगेछन्’, कविराज भन्छन् ‘अन्ततः मारेर देउरडी (हालको केआई सिंह गाउँपालिका-३) को पिपलमा ठड्याए बाँधेछन् । ठूलीआमाले (यज्ञराजको आमा) मार्न त मारिहाल्यौं, अन्तिम पटक छोराको मुख हेर्न त देउ भन्दा पनि मानेनन् रे ।’ घटना भएको तेस्रो दिन नेपाली सेनाको टोली आएर देउरडीकै स्थानीयलाई केही रकम दिएर शव जंगलमा गाड्न लगाएको कविराजले सुनाए । यज्ञराजको दाहसंस्कार समेत गर्न नपाउँदा घरपरिवारमा झन संकट भएको कविराज बताउँछन् । धेरै पटक प्रयास गरियो तर समाधान नभएपछि गत वर्ष गाउँकै जीर्ण घरमा बसेर उनको किरिया गरियो । ‘उनलाई गाडेको ठाउँबाट माटो ल्याएर अन्तिम संस्कार गरियो’, कविराजले भने, ‘त्यसपछि विधिवत् रुपमा किरिया गरियो, अचेल अलि शान्ति भएको छ । यो घटना नभएको भए लासा गाउँ रित्तिने थिएन ।’ सरकारले सशस्त्र विद्रोहका क्रममा मारिएका डोटीका ६३ जनालाई राष्ट्रिय शहीद घोषणा गर्दा यज्ञराज भने उक्त सूचीमा अटाएनन् ।



माओवादीका खास हाकीमहरू \ कुनै बिषयमा जनचर्चा ब्यापक भयोभने त्यही नै स्थापित हुनपुग्दोरहेछ। १५-१६ बर्षअघि केही उच्च अधिकृतहरूलाइ “यिनीहरू माओवादीका खास मान्छे हुन्” भन्थे। जर्नेल कुमार फुदुङ, आइजीपी रवीन्द्रप्रताप शाह, सचिव जनकराज जोशी, सचिव गणेशराज जोशीका नाम लिन्थे। वर्तमान सचिवहरू - रामकृष्ण सुवेदी र कृष्णहरि पुस्कर, तथा वर्तमान सहसचिवहरूमा नवराज ढुङ्गाना, रामकृष्ण लामिछाने, अर्जुन भण्डारी, रुद्रप्रसाद पण्डित, केदारनाथ शर्मा, जितेन्द्र बस्नेत, कमलप्रसाद भट्टराई, चक्रबहादुर बुढा, नारायणप्रसाद सापकोटाको नाम लिईरहेको सुनिरहिएकै छ। त्यत्तिकै भन्दिएका त होइनहोला कि ? केही देखेरै भनेका होलान् कि ? हामी अकिञ्चनहरूचाहीं अल्मलिईरहनुपर्ने।



माओवादी       \

माओवादी \ जुम्ला, तातोपानी–४ हाँकु गाउँका चन्द्रबहादुर डाँगी एसएलसी उत्तीर्णपछि २०५८ जेठ १९ गते भूमिगत भए, माओवादीका निम्ति । त्यतिबेला उनलाई कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे केही थाहा थिएन । ‘भूमिगत भएपछि मात्रै बुझ्ने अवसर पाएँ,’ उनले भने । ५/१६ वर्षको उमेरमा माओवादीले रातो र कालो व्यवस्थामध्ये एक रोज्न दबाब दिएपछि आफू माओवादी पार्टीमा आबद्ध हुन बाध्य भएको उनले सुनाए । ‘कालो व्यवस्था भनेको तत्कालीन राज्य व्यवस्था थियो,’ उनले भने, ‘कालो रोज्नेबित्तिकै विस्थापित हुनुपर्थ्यो, गाउँ छोड्नुपर्ने डरले माओवादी रोजें ।’ म अहिले अटो चलाएर जीविका चलाइरहेको छु,’ उनले भने । यहाँको तातोपानीको ऐरेनीदेखि चन्दननाथ बसपार्कसम्म उनी अटोरिक्सा चलाइरहेका भेटिन्छन् । ‘दैनिक ५ सयदेखि हजारसम्म कमाइ छ,’ उनले सुनाए । भूमिगत भएपछि माओवादीको सांस्कृतिक समूहमा जोडिएका उनले वाद्यवादन कला र गाउन थोरबहुत सिके । जनताको गीत गाएर माओवादी जागरण फैलाउने काममा निकै खटिएको उनले बताए । जिल्ला कलाकार संघमा आबद्ध भएर काञ्जिरोवा सांस्कृतिक परिवार गठन गरी जनताको घरदैलोमा जनमुक्तिका गीत गुन्जाइरहेका उनलाई त्यतिबेला एकाएक जनमुक्ति सेनामा समाहित भएर काम गर्ने रहर जाग्यो । २०५९ सालमा जनमुक्ति सेनामा भर्ती भए  तत्कालीन माओवादी पार्टीले ‘राज्यविरुद्ध ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति’ ल्यायो । यसको मुख्य मोर्चा पूर्वतिर तोकियो । एफजीएल, सेक्सन कमान्डर हुँदै उनी प्लाटुन कमान्डर बने । स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवलपरासीको सुनवललगायतका झन्डै आधा दर्जन मोर्चामा सहभागी बने । स्याङ्जाको मनकामना भिडन्तमा पाखुरामा छर्रा लाग्यो, उनी थलिए । छर्रा त निकाले तर अहिले चिसोमा घाउ दुखिरहन्छ । गर्मीमा पोलिरहन्छ । ‘न औषधि गर्न सकेका छन्, न त पार्टीले घाइतेहरूको व्यवस्थापनमा चासो राखेको छ,’ चन्द्रबहादुरले गुनासो गरे, ‘ठूलो सपना बोकेर माओवादी भइएको थियो । अहिले अलमलमा परियो । अलपत्र बनियो । पूर्वलडाकुलाई न परिवारले साथ दिन्छन्, न समाजले नै सम्मान गरिरहेको छ ।’ अपमानजनक जीन्दगी जिउन बाध्य हुनुपरेको उनको अनुभव छ । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा अन्तिम चरणसम्म पुगे पनि उनी सेनामा छनोट हुन पाएनन् । पाँच लाख लिएर घर फर्किए । चन्द्रबहादुर घर फर्किंदा उनको घर थिएन । जग्गा–जमिन बाँझिएको थियो । समायोजन हुन नसकेका लडाकुलाई दिइएको त्यो पाँच लाख रुपैयाँले घर बनाउन खर्चे । तर त्यतिले के पुग्थ्यो ? घर बनाउँदा लागेको ऋण तिर्न नसकिने अवस्था रह्यो । परिवारसहित कालापहाड हानिए । तीन वर्ष भारतमै बसेर ५ लाख रुपैयाँ कमाए । ऋण तिरेर बाँकी पैसाले अटो किने । अटो किनेर चलाउनुबाहेक उनीसँग विकल्प थिएन । किनभने लेखपढ गर्ने उमेरमा उनी माओवादी भइसकेका थिए अहिले उनका दुई बच्चा र श्रीमतीसहित चार जनाको परिवार छ । अटो किनेको किस्ता हालै तिरिसकेका उनले परिवार पाल्न निकै सास्ती भागिरहनुपरेको सुनाए । उनले भने, ‘माओवादीमा जाँदा नाम फेरिएर उनी चन्द्रबहादुरबाट रक्तबिज बने । मुलुकमा गणतन्त्र आयो, तर गाउँ फेरिएन । मानिसहरूको दैनिकी बदलिएन । ‘विगतका क्रियाकलाप सम्झिएर विरक्त लाग्छ,’ उनले भने, ‘पहिले एसएलआर बोकिन्थ्यो, ४० देखि ५० जनासम्मको नेतृत्व गरिन्थ्यो । अहिले अटो चलाइन्छ, लाउनखान जुटाइन्छ ।’ माओवादी पार्टी र तिनका नेताको क्रियाकलाप देखेर वाक्कदिक्क भइसकेका चन्द्रबहादुरले भने, ‘माओवादीको उतिबेलाको लक्ष्य समाजवाद हुँदै साम्यवादको थियो । अहिले सबै नेताहरू शान्ति प्रक्रियासँगै पुँजीवादमा फर्किए । नेताहरूमा जनवादी विचार नै छैन ।’ उनी अहिले माओवादीको सम्पर्कमा छैनन् । माओवादी नेताहरूले पनि उनलाई वास्ता गर्न छाडेका छन् । उनले भने, ‘धोकेबाज नेताहरूको चरित्रप्रति सहमत हुन सकिरहेको छैन ।’


जनताका सवाल     \

जनताले माओवादीहरूसँग यो प्रश्न सोधिरहँदारहेछन् तर यो प्रश्नदेखि माओवादी भाग्दोरहेछ।

भारतीय पुर्वराजदूत रञ्जित रे ले नेपाललाई भुटानी मोडलमा लैजान ढिला भयो भनि 'द काठमाण्डु डिलेमा' भन्ने किताब लेख्छन् अनि त्यो किताब मिति २०७८/०७/८ गते सोल्टी होटलमा प्रचण्डले बिमोचन गर्छन् र भोलिपल्ट त्यही बिषयको अन्तर्कृयामा समेत् प्रचण्डले भाग लिईरहेका हुन्छन् ! के दशबर्षे हिंसात्मक नेपाललाई भूटानी मोडलमा लैजानकै लागि थियो ?  माओवादी शान्तीप्रकृयामा आउनासाथ नागरिकता बितरणलाई नै प्राथमिकतामा राखेर पहिलो सर्त किन बनायो ? नागरिकता ऐनलाइ फ्याङ्लाङफुङ्लुङ पारी २०६३ मंसीर १० गते भारतीयहरूलाइ सहज हुनेगरी नया कानुन बनाएर बितरण गरेका नागरिकतामध्ये खुद भारतीयहरु ४० लाखले नागरिकता लिएको होकि होईन ?  अनि जालझेल गरी २०८० मा संशोधन गरेको तिनैका सन्तानलाई बंशजको नागरिकता दिन होकि होईन ? "नागरिकता सम्बन्धमा राष्ट्रिय आयोग बनाउ, पाउनपर्ने नेपालीलाई नागरिकता देउ र नपाउनुपर्नेहरुले पाएको खारेज गर" भनि जनताले निरन्तर आवाज उठाइरहेछन् तर जनताको यो मागलाइ माओवादीले किन सधैं पन्छाइरहन्छ ?  किन गर्दैन ?  प्रदेश बनाउँदा तराईका २२ जिल्लालाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेश प्रदेश र बाँकी पहाडलाई जातीयताको आधारमा १३ प्रदेश किन माग गरेको ? त्यो सम्भव नभएपछि लुम्बिनी प्रदेशलाई पहाडबाट अलग गराउन किन खोजेको ?  माओबादी पार्टीकै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्शल राख्नेगरी मन्त्रीपरिषदबाट निर्णय किन गरेको ? पछि सर्वोच्चले खारेज गरेको होकि होईन ?  ८२% हिन्दुसनातनी भएको नेपालको 'हिन्दु-राष्ट्र' किन फालेको ?  के त्योभन्दा पहिला कुनै विवाद थियो ?  यो मुलुकमा बिद्यमान सामाजिक एवं साम्प्रदायिक सदभाव र धार्मिक सहिष्णुता किन खल्बल्याएको ?  नेपालको चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा बदल्न किन खोजेको ?  राष्ट्रिय पोशाक र चिन्हहरु, धर्मसंस्कृति र परम्परामाथि किन सौदावाजि गरेको ?  नेपाल देशको नाम बदल्न किन खोजेको ?  राष्ट्र निर्माता पृथ्बीनारायणका  शालिकहरू किन तोडेको ?  राष्ट्रिय एकता दिवस खारेज किन गराएको ?  माओकै नाममा गठन भएको पार्टीले माओकै घनिष्ट मित्र महेन्द्रलाई सत्तोसराप किन गरेको ? माओ र महेन्द्र मिलेर नेपालको जग बलियो बनाएको थाहा छ कि छैन ? दश बर्ष हिंसात्मक आतङ्क मच्चाइरहँदा संस्कृत किताब किन जलाएको ? यस्ता सयौं प्रश्नहरु छन्। अब हाम्रो भन्ने के बाँकी छ ?  सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता बाँकी छ ?  उद्योग कलकारखाना बाँकी छ ?  नदिनालाहरु हाम्रो अधिनमा छन् ?
- Hem Shankar Giri 




माओवादी बलात्कार        \

 

कूटनीतिक नियोग, राष्ट्रसंघका प्रतिनिधि, मानवअधिकारवादी र सर्वदलीय नेताका सामुन्ने पीडितले रुँदैरुँदै आ–आफ्ना व्यथा सुनाउँदा नरुने कोही थिएनन् दसवर्षे सशस्त्र द्वन्द्वका बेला सेना माओवादी दुवैतर्फबाट बलात्कारमा परेका पीडितहरू भेला भएर काठमाडौंमा आफ्ना वेदना सुनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारको भक्कानो छुट्यो

 

माफ गर्नु होला’ पीडितहरू बोल्दाबोल्दै उनी बाहिर निस्किए र धेरै बेरसम्म घुँक्क घुँक्क गरिरहे ‘कल्पना पनि गर्न नसकिने नारकीय पीडा भोग्नुपरेको रहेछ उहाँहरूले,’ सन्तोष भन्छन्, ‘पीडितकै मुखबाट त्यो घाउको कथा सुन्दा सहनै सकिनँ।’ यसैगरी रोएका थिए, एमाले नेता प्रदीप ज्ञवाली, कांग्रेस नेता रमेश लेखक र माओवादी नेता पूर्ण घर्ती पनि धेरैलाई लाग्छ, द्वन्द्वका बेला सुरक्षा फौजबाट मात्रै बलात्कार भएको थियो तर, द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनको हालैको खोजले के देखाएको छ भने तीन हजार हाराहारीमा भएका बलात्कारका घटनामा २० प्रतिशत जति माओवादी संलग्न थिए

 

हो, यो सत्य हो,’ माओवादी नेता घर्तीले भने, ‘एक जना सेक्सन कमान्डरले एक महिलालाई अपहरण गरेर बलात्कार गरेको त म भूमिगत भएकै बेलामा थाहा पाएको कुरा थियो।’ उनका अनुसार ती कमान्डरले मन पराएकी एक विवाहिता महिलाको सानो बच्चा पनि थियो बच्चा पति दुवैलाई छाडेर आफूसँग आउन दबाब दिए ‘नमानेपछि अपहरण गरेर रातभरि बच्चाकै अघिल्तिर बलात्कार गरेछ,’ उनले भने, ‘यो क्रूर अपराध थियो, हामीले त्यतिबेलै उसलाई कारबाही गरेका थियौं।’ आफूहरूले हालसम्म पीडितको पनि दर्जा नपाएको भन्दै उनीहरूले यसको सोधभर्ना कसरी हुन्छ भनेर प्रश्न गरेका थिए ‘जँचाउन जाँदा डाक्टरले हाम्रो शरीरको अवस्था देखेर तपाईं कुन पेसा गर्नुहुन्छ भनेर सोध्छ,’ एक पीडितले भनिन्, ‘म यौनकर्मी होइन, द्वन्द्वमा यौन हिंसामा परेकी महिला हुँ भन्न खोज्छु, तर त्यसको कुनै प्रमाण नहुनाले लज्जित भएर फर्किन्छु।’ अरू पीडितहरूले झैं आफूहरूले पनि राज्यबाट परिचयपत्र पाएको भए कम्तीमा यस्तो लज्जापूर्ण अवस्था नआउने उनीहरूको भनाइ थियो

 

हामी यो सुन्न पनि सकिरहेका छैनौं, तपाईंहरूले कसरी भोगिरहनुभएको होला यत्रो क्रूरता?’ दोभाषेमार्फत पश्चिमा देशका एक कूटनीतिज्ञले भने, ‘तपाईंहरूमाथि जे भएको छ त्यो अस्वीकार्य छ, हामी यसको विरोध गर्छौं र तपाईंहरूको अधिकारका लागि अब आवाज उठाउँछौं।’ अन्य द्वन्द्व पीडितलाई राज्यले अन्तरिम राहत भनेर जनही १० लाख रुपैयाँ, स्वस्थ्य सुविधा र अन्य धेरै सेवा दिएको छ तर, यौन हिंसाका एउटै पीडितले पनि यस्तो कुनै सुविधा पाएका छैनन्

 

मलाई यो सुन्दा आफैंलाई लाज लागेर आउँछ,’ संक्रमणकालीन न्यायको कानुन मस्यौदा गर्नेमध्येका एक कांग्रेस नेता लेखकले भने, ‘तपाईंहरू न्यायको हकदार हुनुहुन्छ, अबको संशोधन विधेयकमा यसलाई समेट्ने छौं।’ देशभरबाट जम्मा भएका २० जना पीडितले पालैपालो आफ्नो कथा सुनाउने क्रममा बयान नं. मा पुगेपछि भन्ने सुन्ने सबैले डाँको छाडे ‘अब यहाँभन्दा बढी सुन्न सकिँदैन भनेर उहाँहरूले रोक्न आग्रह गर्नुभयो,’ द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी एक सदस्यले भनिन्, ‘मनोपरामर्शदाताले पनि स्थिति सम्हाल्न आफू असमर्थ हुन थालेको भन्दै बयान रोक्न आग्रह गरे र हामीले बाँकी ११ को त कथै सुनाउन पाएनौं।’

 


 


  


 

 


 

 

No comments:

Post a Comment