Pages

Monday, December 27, 2010

नानु कबिता श्रृङ्खला

नानु कबिता शृङ्खला: आनन्दराम पौडेल : anandarampaudel@Yahoo.com


१. दृष्टिभ्रम

मेरो नजरले
कि हिन्दू-मुसलमान
कि मधेशी-पहाडे
कि जात-सम्प्रदाय मात्र देख्छ
लौन डाक्टर! मेरो आँखा बनाइदेउ
मान्छे देख्ने तुल्याइदेउ।


२. नयाँ नेपाल

नयाँ नेपाल निर्माण गर्न
दलित
जनजाती
आदिबासी
महिला
र मधेशी
सवै पठाइयो
नेपाली मात्रै भेटिएन।



३. घोषणा

घोषणा भैसकेको छ
अव नेपालमा
नेपालीबाहेक
सवै रहने छन् ।


४. रेलको प्रस्थानसँगै
सवै गए
अल्मलिएर
प्लेटफर्ममै रहेको
त्यो ब्यक्ति
ओइलाएर मर् यो
एक्लिएर हैन
सपना रित्तिएर।




५. अतिथि
छेवैको छाप्रोभित्र
फरक केही छैन
सवै यथावत छ
सोधें-
खोई त लोकतन्त्र ?
लोकतन्त्र आएकोभए
प..र महलतिर बसेहोलान्
यहाँ त खानबस्नै कठीन छ।

No comments:

Post a Comment