Pages

Tuesday, July 18, 2017

प्रवुध्द दमूह ।

प्रवुध्द समूह – नेपाल, राष्ट्रप्रति चासो राख्ने र चिन्ता लिने देशभक्त, राष्ट्रवादीहरुको ‘लूज फोरम’ हो। यस्मा कोही अगुवा वा पछुवा छैन। कोही नेता वा कार्यकर्ता छैन। सबै बराबर जिम्मेवार र बराबर हैसियतमा छन्। यस्ले राष्ट्रिय सरोकारका बिषयहरुमा बोल्छ, दबाब दिन्छ। यस्ले राष्ट्रको निर्माण र राष्ट्रलाइ सुदृढ गर्ने बिषयमा भिजन बोक्छ र राष्ट्रिय जागरणका लागि अभियान चलाउँछ।
   यही असार ३१ गते शनिबार काठमाण्डू स्कुल अफ ल, दधिकोटमा प्रवुध्द समूहको “देशभक्ति, विकास र राष्ट्रिय सरोकार बिषयक गोष्ठी” भयो। दिनभरीको छलफलपश्चात् उक्त भेलाले देहायको अपिल जारी गरेको छ।
१.हालसम्म गरिएका समग्र सन्धी र सम्झौताहरुको अध्ययन गरी राष्ट्रको हितविपरीत भएका सबै सन्धी,सम्झौताहरु खारेज गर।
२. नेपालको अमूल्य स्रोतको रुपमा रहेको पानी र अन्य प्राकृतिक स्रोतहरु दीर्घकालिन राष्ट्रिय हितमा सदुपयोग गर।
३. वहुराष्ट्रियताको सूत्र घुसाई नेपाल राष्ट्रलाइ विखण्डन गर्ने षडयन्त्रका विरुध्द सम्पूर्ण जनता जागरुक भै सङ्घर्ष गरौं।
४. नेपालका आफ्ना मौलिक मूल्य, मान्यता तथा सांस्कृतिक र भाषिक विविधताको संरक्षण गर्दै समृध्द सामाजिक सद्भावलाइ प्रवर्ध्दन गरौं।
५. विदेशी शक्तिकेन्द्रहरुबाट पालित-पोषितहरु र भ्रष्टाचारीहरुलाइ कडा कानुनी कार्यवाही गर्न माग गर्दै सामाजिक बहिस्कार समेत् गरौं।
६. अन्तर्राष्ट्रिय कानुनविपरित भारतले निर्माण गरेको कुनौली तटबन्धको कारणले गर्दा सप्तरीको तिलाठी डुबानमा परेको र त्यहाँका जनता विस्थापित भएकाले डुबानमा परेका जनताको उध्दार र भारतीय अत्याचारको सशक्त विरोध गरौं।
१.     श्री आनन्दराम पौडेल
२.     डा.युवराज सङ्ग्रौला
३.     श्री भरत दाहाल
४.     श्री विकल शेरचन
५.     डा.बिष्णुराज उप्रेती
६.     श्री रत्नसंसार श्रेष्ठ
७.     श्री रतन भण्डारी
८.     जर्नेल डा.प्रेमसिंह बस्न्यात
९.     जर्नेल श्री चिनियामान बस्न्यात
१०.                        श्री रवि थापा
११.                        डा.जगदीशचन्द्र बराल
१२.                        डा.भूवप्रसाद त्रिपाठी
१३.                        वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी
१४.                        हरिप्रसाद चन्द ‘अग्नीपुञ्ज’
१५.                        अधिवक्ता श्री नारायण प्रसाईं
१६.                        अधिवक्ता श्री चन्द्र शिवाकोटी
१७.                        श्री अर्जुन प्रसाईं
लगायत राष्ट्रिय जीवनमा विविध क्षेत्रको प्रतिनिधित्व गर्ने ७५ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो। समसामयिक मुद्दामा तत्कालै विरोधसभा गर्ने निर्णय पनि गोष्ठीले गर्यो।

No comments:

Post a Comment