Pages

Sunday, July 9, 2017

राज्यआतङ्क ।

(जुलाई 8, 2013 मा पोष्ट गरेको पुरानो स्टाटस।)
Ishwor Devkota आलो घाउ ।
स्मृतिका पाना : बुवाको हत्या भएको झन्डै १ बर्ष पछी २०५६ जेष्ठ १० गते बिद्रोही माओवादीले ताकुकोट चौकीमा आक्रमण गर्यो | त्यतिबेला हाम्रो कक्षा ८ को जिल्ला स्तरीय परिक्षा जारि थियो | जेष्ठ १२ गते बिहान ६ बजे एक हुल सरकारी पोशाक धारी काला मान्छे फेरी घरमा आइपुगे | ८० बर्षका बिरामी हजुरबुवा ४ बर्षको भाई दिवस आमा र म कसैलाई पनि बाँकी नराखी लछार पछार गर्दै बन्दुकका कुन्जाले एक्कासी हिर्काउन थाले | पेशाले तत्कालिनशाहीनेपाली सेनामा रहनु भएका देवराज काका हजुरबुवा भेट्न भनेर आइपुगुनु भएको थियो | उहाँ लाइ समेत बाँकि राखेन | घाँस काट्न खेतमा गएकी सुनिता संयोगले राक्षेस हरु बात बचिन | बिज्ञान बिषयको जाँच दिनु पर्ने थियो १० बजे , किताब कापी ओछ्यान भरि छरपस्ट थिए |किन यतिका ओछ्यान , कसलाई सुताउछस | यसरि नि बोल्यो एउटा | एउटाले आँखै अगाडी पेस्तोलमा गोलि लोड गरेर तर्सायो | अर्कोले निधारमा तक्यो | मैले उनीहरुलाई मार्न कति जना पठाएँ भन्नु पर्ने र | नत्र जे पनि हुन्छ भन्यो | दुइटाले मेरो हात समाते घर पछाडी मकै बारीमा पुराए | आमाले देख्नु भएछ, चिच्याउनु भयो | ३ / ४ जना कुदेर आमा लाइ हकार्न गए | मैले देख्न पाइन | मेरो दाहिने हात समात्नेले आफ्नो दाहिने हातमा अघि लोड गरेको पेस्तोल बोकेको थियो | घरि घरि छाती नजिकै ल्याउन्थ्यो | एकै पटक धेरै प्रश्न गर्यो तेस्ले , मैले होइन मात्रै भने | यसले केहि भन्दैन तँ सोध भनेर अर्को लाई जिम्मा लगायो | अस्तिनै कति जना आको थे भन् म केहि गर्दिन भन्यो ? मैले ४० /५० जना कति थिए मलाई थाहा छैन , गाउँ भरि सबै छापा मारेर गए हाम्रोमा आँगनमा मात्र बस्या हो भनें | उसले " को पुलिस ? " भन्यो | मैले " अँ" भने | साएद उसलाई रिस उठ्यो " तेरो बाउलाई कहाँ भगाइस भन् ...भन्छस कि सिध्याउँ | मेरो हात गोडा कामेको थियो | बोलि फुटेन | नजिकै उभेको अर्को ले तेस्को बाउ सुट भै सक्यो क सोध्या छोड्दे भन्यो | बल्ल मेरो निधार बाट पेस्तोल हट्यो | त्यति बेला देवराज काकालाई एक हुलले घर भन्दा तल तानेर लागिराखेको देखेको थिएँ | बिहानको ९ बजेको हुँदो हो , तिनले आफुले सकेको ताण्डवनृत्य सक्दा | बिस्तारै बढेको टाढाबाट हेर्ने छिमेकीको उपस्थितिले होला तिनले रक्तपात मच्चाउन सकेनन् | त्यस पछिका कयौं रात हामि घरमा बस्न सकेनौं |
- Ishwor Devkota \ July 8, 2013.राज्य

No comments:

Post a Comment