Pages

Saturday, December 24, 2022

 

हनिट्र्याप          \

 

महिना दिनको चिनजान र भेटघाटपछि २०७९ साउन २६ मा प्रमिला नेपालीले एक सुनचाँदी व्यवसायीलाई आफ्नो कोठामा बोलाइन् ती व्यवसायी राति नेपालीको कोठामा पुगेको केहीबेरमा तीन व्यक्ति आइपुगे अनि, सुरु भयो मोलमोलाइ– मागेजति रकम दिने कि बलात्कार मुद्दामा जेल जाने? दबाबपछि ती व्यवसायीले १२ लाख २० हजार रुपैयाँको चेक दिए

घोराही–१० नारायणपुर दाङका ती व्यवसायीलाई कोठामा बोलाउनुअघि नेपालीलाई योजनाबद्ध रूपमा एक महिना पहिल्यै उनको पसलमा पठाइएको थियो नेपालीले नियमित फोन गर्ने, बेलाबेला भेटेर खाजा खाने गरेकी थिइन् अन्त्यमा योजनाअनुसार नै कोठामा बोलाइन् त्यही मौकामा योजनाकारहरू आएर उनीसँग रकम असुल गरे

त्यसपछि ती व्यवसायीले प्रहरीमा उजुरी दिए प्रहरीले रोल्पाको परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपालीलाई पक्राउ गर्‍यो सुरुमा उनीहरूले व्यवसायीसँग घोराही बजारमा घडेरी माग गरेका थिए घडेरी तत्काल पास गर्न नमिल्ने भएपछि भोलिपल्ट चेक लिएका थिए

जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतम सम्बन्धविच्छेद गरेर बसेकी प्रमिलालाई व्यवसायी फसाउन सक्ने उपयुक्त पात्रका रूपमा छनोट गरिएको बताउँछन् उनीहरूविरुद्ध अहिले आपराधिक लाभको कसुरमा मुद्दा चलाइएको

 

No comments:

Post a Comment