Pages

Saturday, December 24, 2022

 

ब्यभिचारिणी          \

 

बैतडीको पाटनका शिक्षक धनबहादुर विष्टको, श्रीमतीलाई अँगालो हालेको देखेपछि हत्या भएको खुलेको छ। पुस २ गते बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माविको छात्रवासनजिकै रम्बासको झाँडीमा सोही विद्यालयका शिक्षक ५५ वर्षीय धनबहादुर विष्टको शव भेटिएको थियो।

बैतडीको सुर्नया गाउँपालिका–२ घरभई पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक बिष्टलाई सोही विद्यालयकी छात्रा र उनका श्रीमान्ले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार जिल्लाको पुर्चौडी नगरपालिका–३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययनरत २२ वर्षीया विमला बोहरा र उनका श्रीमान् २५ वर्षीय प्रजा बोहरा हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले दिएको जानकारीअनुसार पुस १ गते कृष्ण माविका शिक्षकहरूको पिकनिक थियो। एकजना नयाँ शिक्षकको नियुक्तिको खुसियालीमा उनीहरू विद्युत् पोखरी आसपासमा पिकनिक गएका थिए। सो पिकनिकमा मृतक विष्ट पनि थिए।

शिक्षक विष्टको घर सुर्नया गाउँपालिकामा भएकाले उनी विद्यालयको छात्रवासको दोस्रो तल्लाको सरकारी आवासमा बस्दै आएका थिए। हत्यामा संलग्न रहेको आरोप लागेकी विमला बोहरा छात्रवासमा बस्दै आएकी थिइन्। पिकनिक खाएर शिक्षक विष्ट ५ बजे आवासमा पुगिसकेका थिए।

त्यही दिन विमलाका श्रीमान् प्रजा बोहरा छात्रवासमा आएर बसेका थिए। उनी बैतडीकै पुर्चौंडी नगरपालिकामा अहेब पदमा कार्यरत छन्। ‘रातिको साढे ९ बजेको समयमा विमला शौचालय जाने भन्दै कोठा बाहिर आइन्। विमलाले धेरै बेरसम्म कोठामा नफर्केपछि श्रीमान् प्रजा बोहरा उनलाई खोज्न बाहिर निस्के। कोठाकै बाहिर तिरको सिँढीमा उनले शिक्षक बोहराले आफ्नो श्रीमतीलाई अँगालमोमा हालेको देखेपछि घटना भएको हो’, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले भने।

बोहराले पहिला मुक्का र त्यसपछि कडा वस्तुले हानेर शिक्षक विष्टको हत्या गरे। त्यसपछि दुवै जनाले बोकेर उनलाई नजिकैको रम्बास (जुटजस्तै डोरी बनाउने बिरुवा)को झाँडीमा फाले, दुवै जनाबीच कसैले सोधेमा, प्रजा बोहरा एक दिनपछि मात्रै छात्रवासमा आएको भनी बताउने सहमति भएर घटना लुकाउने सहमति भयो’, अभियुक्तहरूले दिएको प्रारम्भिक बयान उदृध गर्दै प्रहरी निरीक्षक खत्रीले भने।

 

No comments:

Post a Comment