Pages

Friday, January 20, 2023

 

सतर्कता केन्द्र         \     

 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १९ मा आफ्नै कार्यालय सिंहदरबारमा निर्देशन दिने कार्यक्रम थियो पालो आएपछि राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठले गुनासो पोखे, ‘प्रधानमन्त्रीज्यू, हाम्रो नाममा बनेको भवन हडपेर श्रम तथा रोजगार मन्त्रालय राखियो

शिक्षा मन्त्रालयको अन्डरग्राउन्ड पार्किङ स्थल र पानी रसाउने अँध्यारो कोठामा कार्यालय सञ्चालन गरेका छौं बस्ने व्यवस्थासमेत सहज छैन अनुसन्धान उजुरीलाई आधार मानेर हामी सरकारी कार्यालयलाई निर्देशन दिन्छौं, विभागीय कारबाही गर्न लेखेर पठाउँछौं तर कसैले टेर्दैनन् सम्बन्धित कार्यालयले नै मागेको कागजपत्र दिँदैनन्

सचिव श्रेष्ठले करिब तीन मिनेटको समयमा समस्या प्रधानमन्त्रीसामु पोखेका थिए, जसले सुशासन कायम गर्ने उद्देश्यका साथ दुई दशकअघि स्थापना भएको केन्द्रको हविगत छर्लंग पार्थ्यो प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको केन्द्रले के काम गरिरहेको छ, केन्द्र कसरी चलेको छ, यसको उपलब्धि कति छ, कसैले चासो नदिएको कर्मचारीहरू गुनासो गर्छन्

केन्द्रका प्रवक्ता तथा उपसचिव हरिप्रसाद शर्माका अनुसार वर्षमा आठ सयदेखि हजार वटासम्म उजुरी पर्ने गरेका छन् उजुरीबाहेक पनि केन्द्रले केही क्षेत्रमा आफैं अनुसन्धान गर्दै आएको छ केन्द्रले वार्षिक रूपमा प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीलाई पेस गर्छ वार्षिक प्रतिवेदन त्यतिकै थन्किन्छन् प्रतिवेदन हेरेर प्रधानमन्त्री कार्यालयले सुझाव–परामर्श वा निर्देशन दिने गरेको छैन

 कारबाहीको अधिकारसहितको कानुन बनाउन मस्यौदा प्रधानमन्त्री कार्यालयमा पठाएको ६ महिना बित्दा पनि वास्ता नगरिएको उनले जानकारी दिए केन्द्रका सचिव श्रेष्ठले पर्याप्त बजेट नदिइएका कारण प्रभावकारी अनुसन्धान गर्न नसकिएको गुनासो पनि सुनाए ‘हामीलाई धेरै पनि ोइन, बर्सेनि पाँच करोड दिए धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘पाँच करोडले पाँच अर्ब जोगाउन सकिन्छ।’ अनुसन्धान गर्न कुनै ठाउँ जानुपरे आउजाउ गर्ने रकम नै नहुने गरेको केन्द्रका लेखा शाखाका एक कर्मचारीले बताए

केन्द्रको विभागीयमन्त्री प्रधानमन्त्री हुन् र सचिव श्रेष्ठले केन्द्रको प्रमुख भएको आठ महिनामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिल्यै भेट्न पाएनन् प्रधानमन्त्री कार्यालयबाट सचिव श्रेष्ठलाई केन्द्रले गरिरहेको कामका विषयमा पनि सोधिएन ‘प्रधानमन्त्रीले केन्द्रका विषयमा चासो दिएको अहिलेसम्म थाहा छैन,’ सचिव श्रेष्ठले भने, ‘नयाँ प्रधानमन्त्रीबाट केही होला कि?’

प्राविधिक सचिव केन्द्रको प्रमुख हुन्छन् केन्द्र स्थापना भएको २० वर्षमा २८ पटक सचिव फेरिएका छन् केन्द्रमा सबैभन्दा कम समय धनबहादुर तामाङ दिन प्रमुख भएका छन् सचिव माधवकुमार कार्की १६ दिन, हरिप्रसाद नेपाल, मधुप्रसाद रेग्मी चार–चार महिना बसेका थिए सचिव सुरेश प्रकाश आचार्य देवेन्द्र कार्की दुई–दुई महिना, गजेन्द्रकुमार ठाकुर तीन महिना केन्द्रको प्रमुख भए

शुक्रवार, जनवरी 20, 2023

 

No comments:

Post a Comment