Pages

Thursday, March 23, 2023

 सिक्किम  बिलय           \

नेपालीभाषीले शासन गरेको भारतकै एक्लो राज्य हो – सिक्किम । सिक्किममा ८० प्रतिशत नेपाली छन्।

 विलययता ६ जना मुख्यमन्त्री बने, जसमध्ये ५ जना त नेपालीभाषी नै छन् ।

हामीले नै जनतालाई कुटीकुटी राजतन्त्रविरुद्ध जनमत खसाल्न लगाएका थियौं। त्यसो गर्नु हाम्रो बाध्यता थियो , नत्र इन्डियाले त मारिहाल्ने स्थिति थियो।- सोनाम वाङ्दी, पूर्वमुख्यसचिव, सिक्किम
नेपाली माइग्रेन्ट हुन् भने पनि ती ४०० वर्षअघिका हुन् । तर , भारत त ७० वर्षअघिको मात्र माइग्रेन्ट हो। सिनियर माइग्रेन्टलाई कसरी प्रश्न गर्न मिल्छ ?- हर्कबहादुर क्षेत्री, नेता/विश्लेषक

तर, भारतीय सर्वोच्च अदालतले गत जनवरी १३ मा एउटा मुद्दा फैसला गर्दैगर्दा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भन्यो । त्यसपछि भने सिक्किमेली नेपालीभाषीको आक्रोशको ग्राफ उकालो चढ्यो । त्यो अदालतको गम्भीर त्रुटि थियो या नियोजित षड्यन्त्र ? उनीहरूले अझै खुट्याउन सकेका छैनन् । ‘यतिबेला चैं देश भन्ने चिजको महत्त्व हुने रहेछ,’ सिक्किम सरकारका एक पूर्वसचिवले सुनाए, ‘देश एउटा स्वतन्त्र भूमि रहेछ । कुनै देशभित्र कैद बनेर बस्नु त पिँजडाको सुगाझैं हुनुरहेछ ।’

No comments:

Post a Comment