Pages

Saturday, April 1, 2023

 

महिला                   \

काठमाडौंका राणाहरू सिन्धुपाल्चोकको हेलम्बुतिर मनोरञ्जन र सिकारमा निस्केका बखत त्यस क्षेत्रका तामाङ ठिटाहरू उनीहरूको सिकारका निम्ति बन्दोबस्ती मिलाउने, तम्बु ठड्याउने, आवश्यक सामग्री बोक्नेलगायतका काममा भरियाका रूपमा तैनाथ गरिन्थे भने उनीहरूका दुलहीहरू मालिकको सेवामा खटिनुपर्थ्यो उनीहरूलाई दरबारमा पनि ल्याइन्थ्यो (सुजान आसमान, बम्बे गोइङ, पृ. ३९–४०) मालिकलाई मन परेका युवतीहरू उनीहरूसँगै दरबारमा जान बाध्य पारिन्थे राणाकालीन समयमा काठमाडौंका विभिन्न दरबारमा भित्रिएका तामाङ युवतीहरूको झुन्डले पनि यसैलाई सङ्केत गर्छ यसै विषयलाई वसन्तराज कुँवरको भनाइले थप पुस्टि गर्छ, ‘राणाकालमा चेलीहरूलाई दरबारमा ल्याउने, विभिन्न काम लगाउने र राम्रीराम्रीलाई तालिमसमेत दिई भित्रिनी, नानी आदि बनाई यौन शोषण गर्ने परम्पर थियो... तत्कालीन समयमा हेलम्बुका केटीहरू ज्यादै राम्रामा गनिन्थे हेलम्बुकै नामबाट सिन्धुपाल्चोकका इचोक, महाँकालजस्ता गाउँहरू र त्यसैको सिमानामा पर्ने नुवाकोट जिल्लाका गाउँहरूबाट विशेषतः तामाङ चेलीहरू दरबारमा ल्याइन्थे’ (अस्मिता, असोज, २०५२, पृ. ३४) विगतमा भएका यस्ता घटनाले तामाङ महिलाको शरीरमाथि भएको चरम शोषण उनीहरूको अस्तित्वमाथिको भयङ्कर खेलबाडलाई उजागर गर्छ

राणाकालकाका यस्ता घटनाले जनजाति महिला शोषण, अनिश्चितता र परिचय संकटको डरलाग्दो अवस्थाबाट गुज्रिन बाध्य भएको प्रस्ट हुन्छ तथापि सतीजस्तो प्रथाका कारण ब्रह्मण क्षत्री महिलाहरू उस्तै मर्कामा थिए विशेषतः राणा शासकहरूले काठमाडौं पूर्व तथा वरपरका पहाडी गाउँबस्तीबाट धेरै तामाङ महिलालाई दरबारमा भित्र्याई अनेकन् काममा सामेल गराउँथे तीमध्ये अधिकांश साहेबको चाहनाअनुरूप आफ्नो शरीरमाथि गरिने ज्यादती सहन बाध्य थिए राणाको दरबारभित्र बस्ने तालिमे नानीहरू सुत्ने कोठाको ढोका राति खुल्लै राख्नुपर्थ्यो मुख्य मालिकबाहेक अरू कुनै लोग्नेमानिस पनि बिना साथी पस्न पाउँदैनथे (पाँडे, पृ. २०८) महिला शरीरको उपभोग उनीहरूमाथिको यस दृष्टिले पितृसत्तावादी भोगलिप्त चरित्रको खुलासा गर्छ साथै महिलालाई केवल भोगको वस्तुसरह मानिएको पनि प्रमाणित गर्छ महिलाको रू, रंगदेखि चाल र बोली वचनसम्म परख गर्ने यस व्यवस्थाले महिला शरीरको वस्तुकरणको निम्ति कुनै र कुनै रूपमा निरन्तर साथ दिएको देखिन्छ विसं १९३८ मा श्री महाराजले पूर्व नम्बरलगायतका जिल्लाबाट कमारी केटी झिकाएको पत्र यसैको उदाहरण हो ...उप्रांत २० वर्षदेषी ३० वर्षसम्मका उमेरकी लायेक्की ठुला ठुला तिघ्रा भयाकी बलीयो ज्यू पर्‍याकी निरोगी गाड नभयाकी – काम् लाया पनि गर्न सक्न्या हातखुट्टा आषाकान साबुद भयाको कमारी १ षेजतलास गरी धनीको चित्त बुझाई मुफत मोल –परमभट्टा लेषाई षरिद गरी सो कमारी र परमभट्टाको कागत— लगाई धनीस्मेतलाई तेस अडाको सिपाही साथ लगाई हाम्रा हजूरमा पठाउनु मंजुर पर्‍यो भन्या मोलभाउ गरी कमारी ली वक्सौला... पूर्व ४ लंवर अडाके व्यहोरा सदर ...।’ (विप्लव ढकाल, भोजपुरको वाङ्मय, पृ. १३४–१३५)

राणाकालीन समयमा काठमाडौं छेउछाउबाट मात्रै नभई निकै टाढा भोजपुरतिरबाट पनि केटीहरू मगाउने गरेको माथि उल्लिखित सरकारी पत्रले प्रमाणित गर्छ त्यसमा उल्लेख गरिएको महिलाको शारीरिक बनावटको वर्णनले ती कमारी केवल काम गराउन मात्रै नभई अन्य प्रयोजनका लागि झिकाइएको हो भन्ने प्रस्ट हुन्छ 


2. वनकी रेञ्जरमाथि यौनहिंसा          \

 

वन विभाग अन्तर्गतको एक कार्यालयकी कर्मचारी गौरी (नाम परिवर्तन) मातहत एक पुरूष गेमस्काउट थिए, जसले महिला भएकै कारण हेप्ने प्रवृत्ति बढ्दै गयो, दुई वर्षअघि एक दिन ती कर्मचारीले यौन दुर्व्यवहार गर्न पुगे

२०७७ फागुन १६ गते राति ११ बजे आफूमाथि यौनजन्य दुर्व्यवहार भएको उनी बताउँछिन् ती कर्मचारी  दिउँसै रक्सी खाएर लट्ठिएर बसेका थिए एक ठेकेदारले कतै लैजान्छु भन्दै बोलाउन आए र ती कर्मचारी ठेकेदारसँगै गए। मदिराले लट्ठ कर्मचारी राति ११ बजे दुई/चार जना केटाहरू लिएर गौरीको क्वाटरमा ोका ढकढकाउन आइपुगे ‘अश्लील शब्द बोल्दै ढोका खोल्न धम्क्याइरहे ढोका नखोलोस् भनेर ढाडले च्यापेर, ढाढले धकेलेर बसिरहें,’ उनी भन्छिन् भोलिपल्टै उनले आफूमाथि भएको घटना सबै वार्डेनलाई बताइन् तर, उनले वास्तै गरेनन्

न्यायकै खोजीमा पीडकलाई विभागीय कारबाही हुनुपर्ने माग राख्दै उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिन पुगिन् हाल एक निकुञ्ज कार्यालयमा रेन्जर पदमा कार्यरत उनी अझै न्यायबाट वञ्चित छिन् ‘त्यो घटनाले अझै पनि मन खिन्न हुन्छ,’ उनी भन्छिन्, ‘मैले सजिलै न्याय पाउन सकिनँ, तर अरूलाई यस्तो नहोस् भनेर हिंसाविरुद्ध जुट्न सहकर्मीहरूलाई आह्वान गरिरहेकी छु।’

घटनापछि गौरीलाई त्यहाँ काम गर्न असुरक्षित महसुस हुन थाल्यो उनले वार्डेन लक्ष्मणप्रसाद पौडेललाई घटनाको छानबिन गरी न्याय पाऊँ भन्दै निवेदन दिइन् ‘तर, वार्डेनले नै घटना सामान्य भएको बताउँदै त्यही दुर्व्यवहार गर्ने कर्मचारीसँगै बस्न भने,’ उनले सुनाइन्, ‘घटना सार्वजनिक भए कार्यालयको इज्जतमा दाग लाग्छ भनेर कार्यालय प्रमुखलगायतले सुझाव दिन थाले।’ १५ दिनपछि उनले विभागका महानिर्देशक दीपक खरालसमक्ष निवेदन दिइन् तर कारबाही अघि बढेन वार्डेन ौडेलले घटनाको प्रक्रियागत छानबिन गर्न केही समय लागेको स्वीकार गरे उनका अनुसार अहिले आरोपितको सरुवा भएको भने निजामती ऐनअन्तर्गत दुई ग्रेड तलब कट्टा गर्न निवेदन विभागमा पठाइएको ‘मेरो काम निवेदन पठाउने मात्रै हो, कार्यान्वयन भयो या भएन जानकारी छैन,’ पौडेलले भने

 गौरीले २०७८ वैशाख १३ गते पीडितलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत निवेदन दिइन् त्यतिबेला प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली थिए त्यहाँ पनि उनको सुनुवाइ भएन केही महिनापछि सरुवा भई आएका प्रजिअ गोविन्दप्रसाद रिजालले भने पीडितमाथि दुर्व्यवहार भएको ठहरसहित मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अन्तर्गत अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिन सक्ने निर्णय गरे

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७८ वैशाख २ मा आरोपितको नाम उल्लेख गर्दै २ ग्रेड तलब वृद्धि रोक्का गर्न लोकसेवा आयोगलाई वन मन्त्रालयमार्फत पत्राचार गरे पनि थप कारबाही केही नभएको गौरीको भनाइ छ विभागका सूचना अधिकारी गणेश पन्तले आरोपित कारबाहीमा परे/नपरेको बुझ्न प्रशासनमा सोधपुछ भइरहेको बताए

यता, कार्यस्थलमा यौनजन्य हिंसा खेपेकी गौरीको घटना छानबिन गर्न वन मन्त्रालयमार्फत बनेको समिति पनि थप कारबाहीप्रति बेखबर छ समितिकी संयोजक वन मन्त्रालयकी सहसचिव राधा वाग्लेले प्रतिवेदन मन्त्रालयमा बुझाए पनि प्रक्रिया अगाडि बढेकोबारे जानकारी नआएको बताइन् ‘हामीले प्रतिवेदनमा कारबाही हुनुपर्ने प्रस्ट माग राखेर फाइल मन्त्रालयमा बुझाएका हौं,’ उनले भनिन्, ‘त्यो फाइल अहिलेसम्म गुपचुप छ, यो भनेकै कार्यस्थलमा माथिल्लोस्तरबाटै लैंगिक संवेदनशीलताको अभाव देखिनु हो।’ मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले भने यस्ता विषयमा आफूले जानकारी नराख्ने भन्दै उम्किए 


३. मान्छे हैन राक्षश रहेछन्         \

 

जिल्लाको भेरीगंगा नगरपालिकाकी-१६ वर्षीय छिञ्चु–२३ (परिवर्तित नाम) यही चैत १७ गते वीरेन्द्रनगरस्थित मिल्ने साथीको घर आइन्। 

त्यो रात बास बसेर भोलिपल्ट १८ गते घरतिर लागिन्। घर फर्कने क्रममा अपरान्ह ५ बजे जहरे बजार पुगिन्। घर जानको लागि अटोको खोजीमा थिइन्। चिनेकै एकजना अटोचालक भेटिए। आफूलाई पुर्याइदिने बताएपछि उनी अटोमा बसिन्।

अटो चालकसँग अर्का एक व्यक्ति पनि थिए। उनलाई भने छिञ्चु–२३ ले चिनेकी थिइनन्। केही वर्षदेखि अटो चलाउँदै आएका चालकले उनलाई चकलेट खान दिए। नखाने भन्दा पनि कर लगाएपछि उनले नकार्न सकिनन् र खाइन्।

म वीरेन्द्रनगरबाट जहरे बजार पुगेर घर जान अटो खोज्दै थेँ, चिनेकै अटोवाला विवश घर्तीमगर भेटेँ,’ पीडित किशोरीले उकेरासँग भनिन्, ‘मलाई घरसम्म पुर्याइदिन्छु भनेर अटोमा बसालेर चक्लेट खुवाई अर्धबेहोस बनाए।’

चकलेट खाएपछि छिञ्चु–२३ को बिस्तारै होस हराउँदै गयो। उनको घर बजारदेखि तीन किलोमिटर टाढा थियो। तर, विवशले डेढ किलोमिटरसम्म गएपछि बजारबाट अटो भेरी नदीको किनारतिर मोडियो।

नदी किनार पुगेपछि अटो चालक र उनको साथी भएर मुख खोलेर झोलजस्तो औषधि खुवाए। त्यसपछि उनको अलि–अलि भएको होस पनि गुम्यो। र केही थाहा पाइनन्।

होस गुमेपछि बलात्कार गरेर आधा शरीर पानीमा र आधार शरीर किनारमा हुने गरी फालिएछ। करिब आधा घण्टापछि पछि छिञ्चु–२३ लाई होस आयो। 

ज्यानमा असह्य पीडा भइहेको थियो। आफ्नो अवस्था हेरेर आफैँ अत्तालिइन्। पानीमा भिजेको ज्याकेटको गोजीबाट मोबाइल झिकिन् र आमालाई फोन गरेर बोलाइन्।

भेरी नदीमा लगेपछि दुवै जनाले घाँटी समातेर झोलजस्तो औषधि खुवाए त्यसपछि मैले केही थाहा पाइन,’ उनले अगाडि भनिन्, ‘होस आउँदा आधा शरीर पानीमा र आधा किनारमा थियो। माथिका मात्रै कपडा थिए, पछि मम्मीलाई फोन गरेर बोलाएँ।’

आमा, परिवार र आफन्त आए। त्यो अवस्था देखेर रोइकराइ गरे। नदी किनारमै आगो बालेर कठ्याङ्ग्रिएकी उनलाई आमाले सेकिन्। तर, अवस्था ठिक भएन। त्यसपछि सिधै प्रदेश अस्पताल सुर्खेत लगियो।

चार दिनसम्म मानसिक रोग वार्डमा उपचाररत उनी मंगलबार मात्रै डिस्चार्ज भइन्। अस्पताल ल्याएको दिनभन्दा धेरै सुधार भएकाले डिस्चार्ज गरिएको मनोरोग विषशेज्ञ डा. सुशील समदर्सीले बताए।

पहिलो दिन त एकदमै समस्या थियो, निरन्तरको उपचारपछि ठिक भएको छ। यस्ता अघातजन्य घटनामा मान्छे बेहोस हुने, चिच्याउने, ननिदाउने, शरीर झम्झमाउने र मान्छे देख्दा डराउने हुन्छन्,’ डाक्टर समदर्शीले भने, ‘उनीहरूलाई त्यस्ता कुरा सम्झाउने, घटनास्थल या स्थानमा लानुहुँदैन।’

अर्को जन्म पाएर बाँच्न सफल भए पनि भोलिका दिनमा गाउँ समाज र अन्य अनैतिक मानिसहरूको डरले अझै मन झस्काउने भन्दै छिञ्चु–२३ ले आफ्ना पीडा पोखिन्।

कालको मुखबाट बाँचे तर भोलिको दिनको डर छ। बस्ने समाज यहि हो, मानिसहरू यीनै हुन्।’

पक्राउ परेका घर्तीले आफूलाई दिदिको घर गएका बेला पनि पछि लागेर जबरजस्ती करणी गर्न खोजेको उनी बताउँछिन्। पीडित कक्षा आठको परीक्षा दिएर बसेकी हुन्।

दोषीलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले मंगलबार ईलाका प्रहरी कार्यालय, छिन्चुमा जाहेरी दिएका थिए।

जाहेरीका आधारमा सोही घटनाका आरोपी अटोचालक गुर्भाकोट–८ मेहेलकुनाका २५ वर्षीय विवश घर्तीमगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी तथा निरीक्षक रमेश राईले जानकारी दिए।

पीडित पक्षका् जाहेरीका आधारमा एक जनालाई पक्राउ गरेका छौं, घटनामा संलग्न अर्का एक जनाको पहिचानपछि खोजी गर्छौँ,’ प्रमुख राईले भने, ‘आवश्यक अनुसन्धान गरी पीडकलाई कानून अनुसार कारबाहीका लागि अदालतमा पठाइनेछ।’

प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार

 

 

 

No comments:

Post a Comment