Pages

Saturday, April 8, 2023

 

धर्म          \

 

 

॥ कलिसन्तरणोपनिषत् ॥
कलिसंतरण उपनिषद

(भगवन्नामस्मरणमात्रेण कलिसन्तरणम्)

 

हरिः ॐ । द्वापरान्ते नारदो ब्रह्माणं जगाम कथं भगवन् गां

पर्यटन् कलिं सन्तरेयमिति । स होवाच ब्रह्मा साधु पृष्टोऽस्मि सर्वश्रुतिरहस्यं गोप्यं

तच्छृणु येन कलिसंसारं तरिष्यसि । भगवत आदिपुरुषस्य नारायनस्य नामोच्चारणमात्रेण निधृतकलिर्भवतीति ॥ १॥

 

द्वापर युगको अन्तिम कालमा देवर्षि नारदजी पितामह ब्रह्माजीसमक्ष पुगे। सोधे – “हे भगवन् ! कलिकालको पृथ्वीलोकमा कसरी मुक्ति पाउन समर्थ होइएला ?”

 

प्रसन्न भएर ब्रह्माजीले भन्नुभयो – “हे वत्स ! तिमीले आज उत्तम प्रश्न सोध्यौ। यस्को श्रवण मात्रले कलियुगमा संसारसागर पार गर्नेछौ। भगवान् आदिपुरुष श्रीनारायणको पवित्र नाम उच्चारण मात्र गरेर कलिकालका मनुष्य समस्त दोषहरूबाट मुक्त हुन्छन् ॥ १॥”

 

(परब्रह्मावरणविनाशकषोडशनामानि)

नारदः पुनः पप्रच्छ तन्नाम किमिति । स होवाच हिरण्यगर्भः ।

हरे राम हरे राम राम राम हरे हरे ।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ॥

इति षोडशकं नाम्नां कलिकल्मषनाशनम ।

नातः परतरोपायः सर्ववेदेषु दृश्यते ॥

षोडशकलावृतस्य जीवस्यावरणविनाशनम् । ततः प्रकाशते परं ब्रह्म मेघापाये रविरश्मिमण्डलीवेति ॥ २॥

 

देवर्षि नारदले पुन: प्रश्न गर्नुभयो – “पितामह! त्यो कुन नाम हो ?

तदपरान्त हिरण्यगर्भ ब्रह्माजीले भन्नुभयो – “त्यो सोह्र अक्षरको नाम यसप्रकार छ -

हरे राम हरे राम, राम राम हरे हरे ।

हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे ।

 

यी सोह्र नाम कलिकालका भयङ्कर पापहरू विनाश गर्न सक्षम छ। योभन्दा श्रेष्ठ अन्य कोई दोस्रो उपाय चारै वेदमा पनि दृष्टिगोचर हुँदैन। यी सोह्र नाम-जपले नै षोडश कलाद्वारा आवृत जीवको आवरण समाप्त हुनेछ। जसरी मेघ विलीन हुनासाथ सूर्यको किरण ज्योतित हुनथाल्छ, त्यस्तै परब्रह्मको स्वरूप दीप्तिमान् हुनथाल्छ ॥२॥”

 

(नाम जप महिमा)

पुनर्नारदः पप्रच्छ भगवन् कोऽस्य विधिरिति ।

तं होवाच नास्य विधिरिति । सर्वदा शुचिरशुचिर्वा पठन् ब्राह्मणः सलोकतां समीपतां

सरूपतां सायुज्यमेति । यदास्य षोडशकस्य सार्धत्रिकोटीर्जपति तदा ब्रह्महत्यां तरति ।

तरति वीरहत्याम् । स्वर्णस्तेयात् पूतो भवति ।

वृषलीगमनात् पूतो भवति। पितृदेवमनुष्याणामपकारात् पूतो भवति । सर्वधर्मपरित्यागपापात् सद्यः शुचितामाप्नुयात् । सद्यो मुच्यते सद्यो मुच्यते इत्युपनिषत् ॥ ३॥

 

देवर्षि नारदजीले पुनः प्रश्न गर्नुभयो – “हे प्रभु ! यो मन्त्र नाम जप्ने विधि के छ ?

ब्रह्माजीले भन्नुभयो - यो मन्त्र जप्न कुनै विधि छैन। शुद्ध होस् अथवा अशुद्ध, हर स्थितिमा यो मन्त्र-नाम सतत जपिरहने मनुष्य सालोक्य, सामीप्य, सारूप्य एवं सायुज्य आदि सबैप्रकारका मुक्ति प्राप्त गर्नेछ। यो षोडश नामवाला मन्त्र, जब साधकले साढे तीन करोड़ जप गरिसक्छ,  तब उ ब्रह्म-हत्याको दोषबाट मुक्त भैहाल्छ। उ बीरहत्या (या भाईको हत्या) को पापबाट पनि मुक्त हुन्छ। स्वर्णचोरीको पापबाट पनि मुक्त हुनेछ। पितर, देव तथा मनुष्यलाइ अपकार गरेको पापहरूबाट पनि मुक्त हुनेछ। धर्मत्यागको पापबाट उ तुरन्तै परिशुद्ध हुनेछ। उस्ले शीघ्रातिशीघ्र मोक्ष प्राप्त गर्छ। यस्तै नै यो उपनिषद् छ॥ ३ ॥”

कलिसंतरण उपनिषद ॥ शान्तिपाठ ॥

ॐ सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै ।

तेजस्विनावधीतमस्तु मा विद्विषावहै ॥

ॐ शान्तिः शान्तिः शान्तिः ॥

 

॥ इति कृष्णयजुर्वेदीया कलिसन्तरणोपनिषत् ॥

॥ कृष्णयजुर्वेदीया कलिसंतरण उपनिषद समाप्त ॥

 

No comments:

Post a Comment