Pages

Tuesday, April 11, 2023

 विकृति  / अपराध                \


फण्डितहरु र झोलेहरूका व्यवहार यो हो।
क्याण्टोन्मेण्टका लडाकुको नाममा निकासा भएको रकम बीचैमा हस्तक्षेप गरेर ८-९ अरब झ्वाम् पारिसक्दा समेत् सामान्य नै भन्छन्। वाइडबडी जहाज खरिद गर्दा ४ अरब ३५ करोड झ्वाम पार्दा पनि सामान्य नै भन्छन्।
न्यारोबडी जहाज खरिद गर्दा १ अरब २६ करोड झ्वाम् पारेको समेत् सामान्य नै भन्छन्। आयल निगमले जग्गा खरिद गर्दा ९३ करोड झ्वाम पारेकोसमेत् सामान्य नै हुन्छ। बालुवाटार ललितानिवास जग्गा घोटालामा काइते-कीर्ते गरेको छानबिन अनुसन्धान सकि डेढ बर्ष अघि मुद्दा जिल्ला अदालतमा लैजाँदैगर्दा रोकेर
अदालतको ढोकैबाट फर्काउँदा (डेढ बर्षअघि हो) पनि उनीहरू चुपचाप बस्नेहुन्। २०६३ सालमा नागरिकता ऐनलाइ फङ्ल्याङफुङ्लुङ पारेर जथाभावि नागरिकता वितरण गरिरहँदा पनि उनीहरू मौन नै रहन्छन्
रवि लामिछानेको नागरिकताको केसमा चाहीं कोकोहोलो मच्चाउँछन्।


भूटानी शरणार्थीमा अर्को षडयन्त्र \

सन् १९८७ मा सम्पन्न विधानसभा निर्वाचनमा पश्चिम बंगालको कालिम्पोङबाट भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) बाट निर्वाचित विधायकहरूमध्ये एक हुन्— मोहनसिंह राई । नेपाली भाषा–साहित्य र प्राज्ञिक चिनारीमा ‘मोहन दुखुन’ नामले चिनिने यी पात्रले पहिलो पटक सन् १९९१ को अन्त्यतिर थिम्पु पुगेर तत्कालीन राजा जिग्मे सिंगे वाङ्चुक सरकारका पदाधिकारी र विशेषतः गृहमन्त्री दागो छिरिङसँग भेटवार्ता गरेका थिए । दागो दक्षिणी भुटानबाट १ लाखभन्दा बढी नेपालीभाषी भुटानी (ल्होत्साम्पा) लाई देशनिकाला गरेर र जातीय सफाया गराएर राजाको सबैभन्दा प्यारो भएका थिए । दागो सन् १९९१ देखि ९८ सम्म भुटानको गृहमन्त्री र त्यसपछिका ९ वर्ष (१९९९–२००८) सम्म जापानका लागि भुटानी राजदूत बनेका थिए (उनलाई गत वर्ष मात्रै जापान सरकारले द्विदेशीय सम्बन्ध सुमधुर बनाउने सेतुका रूपमा ‘द अर्डर अफ द राइजिङ सन’ विभूषणले सम्मानित गरेको थियो) । ‘सन् १९९१ फरवरीको पहिलो सातामा दक्षिणी भुटानबाट ९१ जना नेपालीभाषीलाई देशनिकाला गरियो रे, उनीहरू भारतको डुवर्सको गरगन्डा हुँदै सिलिगुडीबाट शरणार्थी हैसियतमा नेपाल पुगे रे भन्ने सुनेपछि र नेपाली जातीलाई थप थिचोमिचो गरिँदै छ भन्ने थाहा पाएपछि यसका बारेमा बोल्नुपर्छ, केही सोधपुछ हुनुपर्छ भनेर मैंले भुटान जान चाहेको थिएँ,’ असार अन्तिम साता पश्चिम बंगालको सिलिगुडीमा भेटिएका मोहन दुखुनले सुनाए, ‘त्यत्तिकै थिम्पु जान सकिनेवाला थिएन । फेरि, पार्टीमा पनि कारण बताउनैपर्ने हुन्थ्यो । त्यो प्रबन्ध त्यत्तिकै मिलेको थिएन ।’ त्यसपछि सीपीआईको दिल्ली केन्द्रमा रहेका महासचिव इन्द्रजित गुप्ताको निर्देशन र सरकारी तहको प्रबन्ध मिलाएर मात्रै मोहन दुखुन दुई जना सहयोगीसहित थिम्पु जान सकेका थिए (महासचिव गुप्ता पछि गएर केन्द्रमा गृहमन्त्रीसमेत बनेका थिए, देवेगौडा र गुजरालको प्रधानमन्त्रीकाल (१९९६–९८) मा ।) ‘सुरुमा त थिम्पुमा कसैले भेट्न पनि चाहेको थिएन । तर, दिल्ली केन्द्रको दबाब र फोनका भरमा त्यस बेलाका भुटानका गृहमन्त्री दागो छिरिङसँग मेरो भेटवार्ता भएको थियो,’ दुखुनले सुनाए, ‘यसरी नेपालीभाषीलाई देशनिकाला गरिनु राम्रो होइन, भुटानले यस्तो गल्ती गर्नु हुन्न भनेको थिएँ । मलाई त गृहमन्त्री छिरिङले यो भुटानको आन्तरिक विषयमा छलफल नगर्न भन्दै केही देशद्रोही आफूखुसी देश छाडेर हिँडेको भनेर आलटाल गर्न चाहेका थिए । मैले यस्तो जातीय सफायाको कदमले भुटानसँग भारतसहित बाहिरी विश्वको सम्बन्ध चिसिएर जाने पनि बताएको थिएँ । तर, गृहमन्त्री स्वयंले यस्ता कुरामा नअल्झनु राम्रो भन्दै बरु १० करोड रुपैयाँ लिएर घर फर्कनका लागि भनेर ठाडै अफर गरेका थिए । मैले अचम्ममा पर्दै त्यसरी भुटानले चालेको गैरन्यायिक र अधिकारविरोधी कदमको यस्तो प्रलोभनयुक्त सट्टाभर्ना अर्को गलत कदम रहेको जिकिर गरेको थिएँ । नेपाली जाति र भाषाका पक्षमा अधिकारको कुरा उठाउन आएको आफूले पैसा लिन नमिल्ने र नसकिने अडान राख्दै म भारत फर्किएको थिएँ ।’ आफ्नै नागरिकमाथि थिचोमिचो र जातीय सफायाका बारेमा कोही कसैले नलेखोस्, नबोलोस् भनेर भुटानले भारतकै कालिम्पोङ र सिलिगुडीका कतिपय प्रभावशाली व्यक्तिलाई थिम्पु बोलाएर लाख–लाखका बिटा दिने गरेको पनि तत्कालीन विधायक दुखुनले थाहा पाएका रहेछन् । पश्चिम बंगाल विधानसभामा आफ्ना केही विधायक र पार्टीगत समूहमा भुटानी दुर्नियतका बारेमा कुरा भए पनि यो सरोकारलाई धेरैजसोले ‘सीमित जातीय तथा भाषिक मामिला’ भनेकाले खासै उठाउन नसकिएको पनि दुखुनले स्विकारे । ‘आफैंले बेहोरेको त्यो थिम्पु अनुभवबारे म अहिले लेख्दै छु, भुटानले बाहिरी जगत्मा त्यसै गरी बहकाएर र फकाएर आफ्नो काम फत्ते गरिछाडेको थिएछ भनेर पछि मात्रै थाहा भयो,’ अहिले पार्टी राजनीति छाडेर साहित्य लेखनमा लागेका दुखुनले सुनाए ।



कोशिलादेवी दासको यो दिमाग राष्ट्रनिर्माणमा लगाउनपाएको भए \   

 

सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–३ दास टोलमा कोशिलादेवी दासले बीमाको रकम हात पार्न आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा आफ्नै पति ३७ वर्षीय शिवशङ्कर दासको हत्या गरिन्।

गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशङ्करको मृत्यु भएको थियो ।

शिवशङ्कर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नातापर्ने शान्तीदेवीसँग ऋण लिएका थिए। ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशङ्करलाई तनाव दिँदै आएकी थिइन्।

 शिवशङ्कर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।

 

योजनाअनुसार कात्तिक ५ गते शान्तीदेवीले शिवशङ्करलाई आफ्नै घरमा बोलाएर टन्नै मदिरा पियाएर घरतर्फ पठाएकी थिइन्। मातेर घर पुगेका शिवशङ्कर भान्सा कोठामै सुते। सुतेकै बेला कोशिलादेवीले शिवशङ्करको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइन् र छटपटिंदै उनको मृत्यु भयो।

 हत्यापछि कोशिलाले आफ्नो पति शिवशङ्करको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। 

कोशिलादेवी दासको यो दिमाग राष्ट्रनिर्माणमा लगाउनपाएको भए। सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–३ दास टोलमा कोशिलादेवी दासले बीमाको रकम हात पार्न आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा आफ्नै पति ३७ वर्षीय शिवशङ्कर दासको हत्या गरिन्। गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशङ्करको मृत्यु भएको थियो । शिवशङ्कर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नातापर्ने शान्तीदेवीसँग ऋण लिएका थिए। ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशङ्करलाई तनाव दिँदै आएकी थिइन्। शिवशङ्कर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् । योजनाअनुसार कात्तिक ५ गते शान्तीदेवीले शिवशङ्करलाई आफ्नै घरमा बोलाएर टन्नै मदिरा पियाएर घरतर्फ पठाएकी थिइन्। मातेर घर पुगेका शिवशङ्कर भान्सा कोठामै सुते। सुतेकै बेला कोशिलादेवीले शिवशङ्करको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइन् र छटपटिंदै उनको मृत्यु भयो। हत्यापछि कोशिलाले आफ्नो पति शिवशङ्करको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। 

  


जनताका सवाल     \

जनताले माओवादीहरूसँग यो प्रश्न सोधिरहँदारहेछन् तर यो प्रश्नदेखि माओवादी भाग्दोरहेछ।

भारतीय पुर्वराजदूत रञ्जित रे ले नेपाललाई भुटानी मोडलमा लैजान ढिला भयो भनि 'द काठमाण्डु डिलेमा' भन्ने किताब लेख्छन् अनि त्यो किताब मिति २०७८/०७/८ गते सोल्टी होटलमा प्रचण्डले बिमोचन गर्छन् र भोलिपल्ट त्यही बिषयको अन्तर्कृयामा समेत् प्रचण्डले भाग लिईरहेका हुन्छन् ! के दशबर्षे हिंसात्मक नेपाललाई भूटानी मोडलमा लैजानकै लागि थियो ?  माओवादी शान्तीप्रकृयामा आउनासाथ नागरिकता बितरणलाई नै प्राथमिकतामा राखेर पहिलो सर्त किन बनायो ? नागरिकता ऐनलाइ फ्याङ्लाङफुङ्लुङ पारी २०६३ मंसीर १० गते भारतीयहरूलाइ सहज हुनेगरी नया कानुन बनाएर बितरण गरेका नागरिकतामध्ये खुद भारतीयहरु ४० लाखले नागरिकता लिएको होकि होईन ?  अनि जालझेल गरी २०८० मा संशोधन गरेको तिनैका सन्तानलाई बंशजको नागरिकता दिन होकि होईन ? "नागरिकता सम्बन्धमा राष्ट्रिय आयोग बनाउ, पाउनपर्ने नेपालीलाई नागरिकता देउ र नपाउनुपर्नेहरुले पाएको खारेज गर" भनि जनताले निरन्तर आवाज उठाइरहेछन् तर जनताको यो मागलाइ माओवादीले किन सधैं पन्छाइरहन्छ ?  किन गर्दैन ?  प्रदेश बनाउँदा तराईका २२ जिल्लालाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेश प्रदेश र बाँकी पहाडलाई जातीयताको आधारमा १३ प्रदेश किन माग गरेको ? त्यो सम्भव नभएपछि लुम्बिनी प्रदेशलाई पहाडबाट अलग गराउन किन खोजेको ?  माओबादी पार्टीकै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्शल राख्नेगरी मन्त्रीपरिषदबाट निर्णय किन गरेको ? पछि सर्वोच्चले खारेज गरेको होकि होईन ?  ८२% हिन्दुसनातनी भएको नेपालको 'हिन्दु-राष्ट्र' किन फालेको ?  के त्योभन्दा पहिला कुनै विवाद थियो ?  यो मुलुकमा बिद्यमान सामाजिक एवं साम्प्रदायिक सदभाव र धार्मिक सहिष्णुता किन खल्बल्याएको ?  नेपालको चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा बदल्न किन खोजेको ?  राष्ट्रिय पोशाक र चिन्हहरु, धर्मसंस्कृति र परम्परामाथि किन सौदावाजि गरेको ?  नेपाल देशको नाम बदल्न किन खोजेको ?  राष्ट्र निर्माता पृथ्बीनारायणका  शालिकहरू किन तोडेको ?  राष्ट्रिय एकता दिवस खारेज किन गराएको ?  माओकै नाममा गठन भएको पार्टीले माओकै घनिष्ट मित्र महेन्द्रलाई सत्तोसराप किन गरेको ? माओ र महेन्द्र मिलेर नेपालको जग बलियो बनाएको थाहा छ कि छैन ? दश बर्ष हिंसात्मक आतङ्क मच्चाइरहँदा संस्कृत किताब किन जलाएको ? यस्ता सयौं प्रश्नहरु छन्। अब हाम्रो भन्ने के बाँकी छ ?  सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता बाँकी छ ?  उद्योग कलकारखाना बाँकी छ ?  नदिनालाहरु हाम्रो अधिनमा छन् ?
- Hem Shankar Giri 

 


 

No comments:

Post a Comment