Pages

Monday, August 14, 2023

 

आर्थिक सङ्कट           \

गत वर्ष श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रियो । अफ्रिकाको अवस्था पनि दिनानुदिन खराब बन्दै गएको समाचारहरू आइरहेका छन् ।

अफ्रिकामा पहिलो पटक सन् २०२० मा जाम्बियाले विदेशी कर्जा भुक्तानी गर्न नसक्ने घोषणा गर्‍यो । जाम्बियाको कर्जा पुनर्संरचनाको विषय आजसम्म जस्ताको तस्तै छ, समाधान हुन सकेको छैन । त्यसैगरी अघिल्लो वर्ष घानामा जाम्बियाभन्दा पनि ठूलो आर्थिक संकट देखा पर्‍यो ।

विश्व अर्थतन्त्रमा उच्च कर्जा संकटको स्थिति सन् २०१४/०१५ बाट देखियो । यसकै कारण ग्रिस त लगभग टाट नै पल्टिसकेको थियो । यसैगरी दक्षिणी युरोपमा पोर्चुगल, स्पेन, इटाली र आयरल्यान्ड टाट पल्टिने सँघारमा थिए । तर, उनीहरूको केही सचेतीकरणका कारण बिस्तारै यो विषय छायामा पर्‍यो ।

 पछिल्ला दिनमा आइएमएफले विदेशी कर्जादातालाई ढिलो गरी कर्जा चुक्ता गर्न समय दिएपछि थप कडा सर्तसहित घानालाई नयाँ कर्जा पनि जारी गर्‍यो । तर, विदेशीको झन्डै तीन गुणा कर्जा घानामा घरेलु कर्जादाता बैंक र बिमा कम्पनीको छ । केन्यामा पनि हेर्ने हो भने कुल सरकारी आम्दानीको ७० प्रतिशत हिस्सा कर्जा र ब्याज तिर्दैमा सकिन्छ ।

टाट पल्टिएपछि जुनसुकै देशको अर्थतन्त्र पनि लामो समयसम्म ठप्प हुन्छ । अहिले करिब ६० प्रतिशत विकासशील देशको आर्थिक अवस्था नाजुक बनिरहेको छ । उनीहरू गम्भीर मोडमा छन् । यसरी अधिकांश देशको आर्थिक अवस्था कमजोर बन्दै जाँदा ती सबै देशलाई आइएमएफ र विश्व बैंकले पनि मुक्त गर्न गा¥हो हुन्छ । तसर्थ, इन्टरनेसनल इन्स्टिच्युट अफ फाइनान्सले आइएमएफ र विश्व बैंकले केन्याजस्ता देशको कर्जा संकट हटाउन उनीहरूको स्थिति थप नाजुक हुनुअघि नै सुरु गर्नुपर्छ भनिरहेको छ ।

 

No comments:

Post a Comment