Pages

Monday, August 14, 2023

 

मणिपुर द्वन्द           \

 

केही दिनअघि मणिपुरबाट आउनुभएको टोलीसँग भेट भएको थियो। मणिपुर द्वन्दको बिषयमा चासो हुनु स्वाभाविक नै भयो। मणिपुर द्वन्दको बिषयमा चासो राख्दा उहाँहरूले यो बताउनुभयो।

 

मणिपुरमा द्वन्द्व रातारात भड्किएको भने होइन विभिन्न कारकतत्वको जटिल जालोले वर्तमान अवस्था निम्त्याउन योगदान पुर्‍याएको तथापि मुख्य कारक जनसांख्यिकीय असन्तुलन नै हो मेइतेईहरूको जनसंख्या ५३ प्रतिशत भए पनि राज्यको १० प्रतिशत भूमिमा मात्रै सीमित रहन बाध्य पारिएको छ। जनसंख्यामा कुकीको हिस्सा केवल १६ प्रतिशत (नागाहरूसहित २४ प्रतिशत) तर उनीहरूले राज्यको ९० प्रतिशत भूमि नियन्त्रण गर्छन्

 

कुकी र नागाहरूलाई (जो अधिकांश इसाई हुन्) भारतको जटिल भूमिअधिकार प्रणालीअन्तर्गत उनीहरूको इलाकामा कुकीबाहेक अरुले भूमि खरिद गर्न वा बसोवास गर्न पाउँदैनन् यो तथ्यले द्वन्द्वलाई अझ जटिल बनाएको मेइतेईहरूलाई, जो मुख्यतया हिन्दू हुन् (यद्यपि केही क्रिस्चियन पनि छन्), त्यस्तो कुनै आरक्षण वा विशेषाधिकार प्राप्त छैन मार्चमा मणिपुर उच्च अदालतले राज्य सरकारलाई अनुसूचित जनजातिको दर्जा यसबाट प्राप्त हुने राजनीतिक एवं आर्थिक अधिकार मेइतेईहरूलाई पनि प्रदान गर्न १० वर्ष पुरानो सिफारिशलाई अगाडि बढाउन निर्देशन दियो

 

यसले कुकी क्षेत्रमा विरोध प्रदर्शनको लहर सुरु गर्‍यो।


No comments:

Post a Comment