Pages

Tuesday, August 29, 2023

 घोर कलियुग त बरु नेपालमै छ।

अमेरिकामा रहँदा घोडाको मासु, कुकूरको मासु, चीलको मासु र गोहीको मासु खाइहालुँ लाग्ने। यी जीवलाइ मारेको अमेरिकनहरूले देखिनसहने।
मुश्लिम देशहरुमा जाँदा झन् सुँगुरको मासु र कुकूरको मासु खाउँखाउँ लाग्ने।
अस्ट्रेलियामा बस्ने चाइनीजहरू भन्छन् - "चीनमा हुँदा बरु कुकूरको मासु त्यति खाइएनहोला तर अस्ट्रेलियामा आएदेखि कुकूरकै मासु खाउँ-खाउँ लागिरहन्छ।" जापानमा रहँदा कुकूरको मासु खान इच्छा तिब्र हुने। तर, ती देशमा कुकूर मारेको, त्यहाँका जनताले देखिनसहने।
सिङ्गापुरमा रहँदा सिङ्गापुरमै काटेका खसि, बोका, कुखुरा खान मनलाग्ने। त्यहाँका जनताले काटमार गर्दैनगर्ने।
काठमाडौं उपत्यकामा नेवारबस्तीमै बसेको बेलामा परेवा मारेर खान मनलाग्नेहरू झन् धेरै छन्। नेवार बस्तीमै बसेको बेला परेवा मारेर खान खोज्योभने पूरै टोल उल्टेर आउँछ।
शेख अब्दुलजीले भन्नुभयो - "ब्यापार-ब्युजिनेशको शिलशिलामा भारतका विभिन्न स्थानमा पुगिरहन्छौं। हिमाञ्चल प्रदेश, पञ्जाब, हरियाणा, उत्तराखण्ड, उत्तरप्रदेश, राजस्थान, गुजरात, मध्यप्रदेश, महाराष्ट्र, छत्तीसगढ़, दिल्ली र चण्डीगढ़का जनताले गाईलाइ माता भनेको र गाईलाइ पूजा गरेको देख्यौं। त्यहाँका जनताको आस्थालाइ सम्मान गरेर र उनीहरूको भावनामा चोट नपुगोस् भनेर ती प्रदेशमा रहँदा हामीले पनि गौमांस खाएनौं।"
धेरै बर्षदेखि चीनमा व्यापार गरेर बसिरहनुभएका रामसुधन कलवारजीले भन्नुभयो - "चीनमा उद्योग गर्न सहज छ। मैले पनि पाण्डाको फार्मिङ गर्ने सोच बनाएँ। हजारौं पाण्डा उत्पादन गर्न सकिन्थ्यो। तर, काठमाण्डौंका नेवारहरूले परेवा मारेको देखिनसहे जस्तै चाइनीजहरूले पनि पाण्डा मारेको नसहने रहेछन्। चाइनीजहरूको यो भावनामा चोट पुग्ने काम गर्नुहुँदैन भनेर मैले पाण्डा फार्मिङको योजना त्यागिदिएँ।"
यो तलको भिडियो हेरौं।
सिडनीमा यिनले अर्थोक् त के नै गरेका थिए र ? सडकछेउको चौरमा एउटा चरा चरिरहेको थियो। यिनी चरा पक्रन चौपट्टै शिपालु हुन्। आफ्नो शिप प्रयोग गरे र त्यो चरा पक्रे। आफूले पक्रेको चरा छाड्ने कुरो भएन; लगेर मारे। पकाएर खाने तैयारी गर्दैथिए; पुलिस आइपुगे। पुलिसले पक्रेर अदालत पुर्यायो। अदालतले छ महिना कैद र ८ शय जरिवाना गर्यो। यो भर्खर हिजोअस्तिको कुरो हो।
यदि ती देशहरू पनि नेपाल जत्तिकै छाडा भैदिएकोभए सजिलै इच्छा-तृप्ति गरिन्थ्यो !
काकभुसुण्डी र गरुडको बीच भएको सम्बादमा कलियुगको प्रसङ्ग छ। घोर कलियुग जहाँ प्रवेश गर्छ त्यहाँ मनुष्यका चरित्र र व्यवहार कस्तो हुन्छ, त्यस्को वर्णन छ। नेपालमा घोर कलि ब्याप्त भैसकेछ !
- Ananda R Paudel.
युवराज क्षेत्री on X
TWITTER.COM
युवराज क्षेत्री on X
@apligrg @sanatanchautari @apligrg @kunti_pokhrel माओवादीले जनयुद्ध र धर्म निरपेक्षको नाममा नेपाली नेपाली बिच जातिय,वर्गीय, धार्मिक द्वन्दको श.....








Rajendra Lingden
@RajendraLingden
बिशेष गरि केही गैर लिम्बू जनजातिहरुले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु।
अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन। तर किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा,फटेङ्ग्रा,कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनैपनि जीवजन्तुको हत्या(बलि) निषेध छ!
- Rajendra Lingden
@RajendraLingden




No comments:

Post a Comment