Pages

Wednesday, January 24, 2024

 

हनिट्र्याप       \           

 

बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने युवतीलाई ६ महिना जेल

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् । जसमा ती व्यक्तिले सफाइ पाएका थिए । 

पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका– घर भएकी देवी थापालाई दोषी ठहर गर्दै महिना कैद पाँच हजार जरिवानाको फैसला गरेको हो

 थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका– ५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् जसमा ती व्यक्तिले सफाइ पाएका थिए 

धनाढ्य पुरुषसँग नजिकिने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङका घटना बढिरहेका छन् यस्ता घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेर मुद्दा दायर गर्दै आएको  

०७९ साउनमा दाङमा दिलीपकुमार वली, विमला डाँगी, शान्ता नेपाली, शर्मिला नेपाली र पवित्रा डाँगीलाई पक्राउ गरेको थियो एक सुनपसलेलाई फसाउने योजनाअनुसार उनीहरूले धम्क्याएर चेक लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको थियो 

१३ साउन ०७९ मा काठमाडौंमा प्रहरीले यस्तै घटनाको अनुसन्धान गरेको थियो एक युवतीले ७० वर्षीय वृद्धलाई ‘हनी ट्र्याप’मा पारी पैसा असुलेको अनुसन्धानमा खुलेको थियो।सोलुखुम्बुको नेचासल्यान नगरपालिका–३ घर भई बालकोट बस्दै आएकी २४ वर्षीया रोजिना राउत उनका श्रीमान् शेखर बाँस्तोलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुद्दा दायर गरेको थियो

रोजिना फेसबुक मेसेन्जरमा एक वृद्धसँग च्याटमार्फत नजिकिएकी छिन् च्याटमा गोप्य तस्वीर तथा भिडियो आदानप्रदान गरी आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा उजुरी गर्ने धम्की दिएर पैसा मागेकी थिइन् उनका श्रीमान् शेखरले वृद्धलाई फोन गरी आफू प्रहरी ब्युरोको इन्स्पेक्टर भएको सो केस नमिलाए पक्राउ गरिने भन्दै धम्क्याएका थिए पूर्वयोजनाअनुसार नै फेसबुकमार्फत उनीहरूले बृद्धलाई फसाएका थिए ती वृद्धले सुरुमा एक लाख ६५ हजार दिएका थिए पछि थप तीन लाख मागिएको थियो त्यसपछि शंका लागेर उनले प्रहरीलाई खबर गरेपछि ीन लाख आउने क्रममा दम्पती पक्राउ परेका थिए

०७८ मै दाङमा प्रहरीले सीतादेवी थापासहित तीनजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो त्यस्तै, पाँच वर्षअघि पक्राउ परेकी आशिका परियारले ठेकेदारलगायत धेरै व्यक्तिलाई यसरी नै फसाएको प्रहरी अनुसन्धानमा खुलेको थियो बलात्कारका कतिपय नक्कली उजुरीसमेत पर्ने गरेको प्रहरी अधिकारी बताउँछन्

बुधवार, जनवरी 24, 2024

 

 

No comments:

Post a Comment